आ.न.पा रुकुम पश्चिमको मेयर पदमा नरेन्द्र केसीद्रारा उम्मेदवारी बारे सार्वजनिक धारणा

केही दिन अगाडी मैले सामाजिक सञ्जालमा आठबिसकोट नगरपालिकाको लागि मेयर पदमा उम्मेदवारी दिने इच्छा प्रकट गरेको बारे मेरा सम्पुर्ण आदरणीय शुभेच्छुक व्यक्तित्वहरुले दिनु भएको सुझाव र सुभेच्छा प्रति सर्बप्रथम हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । मैले यस पल्ट कुनै तयारी नै गरेर मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको होइन मात्र इच्छा प्रकट गरेको हुँ ।

इच्छा मात्र गरेको हो आटेको चाहि होइन । आटेकै भए त तैले आँट म पुर्‍याउछु पनि भन्दो हो कसैले ? तर त्यसो पनि होइन र अहिले पनि उक्त जिम्मेवारी प्राप्त हुने अवस्था आएमा कुशलतापुर्बक सम्हाल्ने क्षमता भने राख्दछु । यस किसिमको मेरो स्थानीय सरकार प्रतिको चासो हुनुको अर्थ हाम्रो पुस्तामा रहेको ज्ञान, सीप र अनुभवलाई उपयोग गरी जिम्मेवार र उत्तरदायी नेतृत्व निर्माण गर्ने पूर्वतयारीको रुपमा लिदा पनि अन्यथा अर्थ नलाग्ला । हाम्रो यो पुस्ताले राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा सहभागी भएर आफनो विचार, दर्शन र सिद्धान्तलाई लागू गर्ने इच्छा शक्ति नदेखाए अरु कसले देखाउने भन्ने सोचका साथ मैले इच्छा व्यक्त गरेको हो ।

यसै सन्दर्भमा मेयर पदमा उम्मेद्धवारी दिने इच्छा प्रकट गर्दै गर्दा मलाई मेसेज मार्फत र प्रत्यक्ष भेट हुँदा तपाईको आठविसकोटको विकासका लागि के कार्यक्रम छ ? भनेर केही साथीहरुले सोध्नु भयो जसको कारण मेरो छोटो परिचय सहित मैले विस्तृत रुपमा नभई संक्षेपमा केही आठविसकोटलाई समृद्ध आठविसकोट बनाउन अगाडी सारिने कार्यक्रमका केही बुँदाहरु प्रस्तुत गरेको छु :

नाम : श्री नरेन्द्र के.सी.
उमेर : ४२ बर्ष
शैक्षिक योग्यता : स्नातकोत्तर (सुशासन विषय)
जन्म स्थान तथा स्थायी ठेगाना : आठविसकोट नगरपालिका वडा नं ११ रुकुम पश्चिम ।
श्रीमतीको नाम : श्री विना शर्मा
पिताको नाम : स्व. पुष्पसिंह खत्री ( पञ्चायकालीन समयमा साविकको आठविस डाडागाऊँ र घेत्मा पञ्चायतको प्रधानपञ्च)
परिवार संख्या : ६ जना
राजनितिक पृष्ठभुभि तथा योगदान : आवश्यक परेमा मात्र खुलाइने छ ।
कार्यनुभव : पत्रकारिता क्षेत्रको ५ वर्ष, संयुक्त राष्ट संघीय विश्व खाद्य कार्यक्रम देखि विभिन्न राष्टिय र अन्तराष्टिय क्षेत्रमा कार्य गरेको २० बर्षको अनुभव । विशेषगरी योजना निर्माण, कार्यन्वयन, नतीजामूखी अनुगमन र सुशासन विज्ञको रुपमा कार्यनुभव छ । दर्जनौ राष्टिय र अन्तरराष्टिय संस्थाका विभिन्न परियोजनाहरुमा नेतृत्व र व्यवस्थापकीय भूमिकामा काम गरेको अनुभव पनि छ । साथै नागरिक समाज र राजनितीक दलका विशेष परिस्थितिहरुमा आवश्यकता अनुसार भूमिकाहरु निर्वाह गरेको अनुभव छ । र आफुलाई समसामयिक राजनीतिको बिश्लेशनमा रुचि राख्छु ।

नगरको विकासको लागि मैले राखेका प्रमुख अजेन्डाहरुः

भएको कुरालाई विगारेर होइन सुधार गर्दै अगाडी बढ्ने प्रतिबद्धताको साथमा….

१) समृद्ध गाउँ शहरको रहर स्वस्थ, सफा, सुशासनयुक्त, समावेशी र समन्यायीक र समाजवाद उन्मूख आठबिसकोट नगर भन्ने आठविसकोट नगरपालिकाको मूल नारालाई नै सार्थक बनाउन अगाडी बढिने छ ।

२) हालको नगर कार्यपालिकाले योजना निर्माण गरी सम्पन्न गर्न नसकेका असल कामहरुको निरन्तरता र कार्यन्वयनमा जोड दिइने छ ।

३) हालको नगर कार्यापालिकाले प्राथमिकतामा राखेका प्रत्येकको घर घरमा शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, सडक सञ्जाल, विद्युत र पर्यटन क्षेत्रमा तीब्र गतिमा स्तरोन्नती गरिनेछ ।

४) नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र जनशक्तिको श्रम र विज्ञताको भरपुर उपयोग गरी उनीहरुको वृति विकास र प्रोत्साहनका कार्यहरु गर्नेछु ।

५) नगरपालिकामा रहेको सम्पूर्ण पूँजीको परिचालन गरी युवाहरुलाई विदेश जान नपर्ने गरी आफनै घरबारीमा परिवारसंग रमाएर स्वरोजगार बन्ने वातावरणको निर्माण गर्ने छु । हाल स्थापना भएका र स्थापना गरिने विभिन्न उद्योगका प्रबद्र्धन गरी नगरपालिका भित्र र अन्य पालिकाका जनशक्तिलाई समेत आकर्षित गरी रोजगारी सिर्जना गर्नेछु ।

६) सहलगानीमा आधारित कृषि प्रबद्र्धन कार्यक्रमलाई प्रभावकारीमा रुपमा विशेष प्रवद्र्धन गरी नगरपालिका भित्र कृषि, फलफूल खेती, जडीबुडी, दूग्धजन्य र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर गराई निर्यातको सुनिश्चित गरिने छ ।

७) गर्भवती र सुत्केरी महिला तथा बालबालिकाहरु र ज्येष्ठ नागरिकहरुको सुरुक्षा स्वास्थ्य र पोषणको विशेष कार्यक्रम सञ्चालन गर्नेछु ।

८) ‘शान्त, समृद्ध र समतामूलक आठविसकोट नगरी विश्वमा यसैले गुँथ्ने छ प्रतिष्ठाको पगरी’ भन्ने अर्को मूल उद्देश्य लिएर नगरका सबै पक्षसंग कुनै पनि राजनैतिक भेदभाव र पूर्वाग्रह नगरेर सहकार्य गर्दै धेरै थोरै मुख्य उद्देश्यहरु राख्ने तर गुणात्मक रूपमा पुरा गर्ने र आठबिसकोट्बासी जनताको सुखदुःखको साथी बनेर उहाँहरुको जिवन स्तर उकास्ने प्रतिवद्धता साथ इच्छा शक्ति राखेर काम गर्नेछु ।

आठविसकोटलाई अबको दुइ वर्ष भित्र विश्वको ध्यान खिच्ने गरी विकासको नयाँ मोडेलको रुपमा अुनभुति हुने गरी आठविसकोट नगरपालिकालाई सबैका सामू प्रस्तुत गर्नेछु । त्यसको खाका अर्को सन्दर्भमा पुनः पेश गर्नेछु ।

यहाँले ध्यानपुर्बक यहाँसम्म मलाई पढिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद !!