सुर्खेत, नेपाल ।
सुर्खेत/ मध्यपश्चिम विश्वविद्यालय गुणस्तर सुनिश्चितता समितिको पूर्ण बैठक असार ९ गते वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायान (QAA) प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले सरोकारवाला बीच गहन छलफल गर्दै उक्त बैठक मंगलवार सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेलले
अब विश्वविद्यालय गुणस्तर सुनिश्चितताको दिशातर्फ अघि बढ्नुको विकल्प नरहेको बताउँदै सम्पूर्ण निकाय प्रमुखहरुलाई निर्धारित मापदण्ड अनुरूप कार्ययोजना बनाई आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले विश्वविद्यालयलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न सबै पक्षले समन्वय,सहकार्य एवं पूर्ण प्रतिबद्धताका साथ निरन्तर कार्य गर्न सुझाए ।
उपकुलपति पौडेलले कसैको मुख थुन्ने नभई सबैको विचार सुन्ने र साझा मन्थनबाट प्राप्त सकारात्मक विचारलाई पूँजीका रुपमा ग्रहण गर्दै नेतृत्व सदैव दृढतापूर्वक अघि पढ्ने बताए ।

उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य समेत रहेका विभिन्न ग्र्याजुएट स्कूलका डीन, आमन्त्रित कार्यकारी निर्देशक, केन्द्रीय विभाग एवं कार्यक्रमका प्रमुख तथा अधिकृतहरुले निकायगत अवस्था,चुनौती र् सम्भावनाबारे आ-आफ्नो धारणा राखेका थिए ।

बैठकको सहजीकरण समितिका सदस्य- सचिव पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्यले गरेका थिए भने निर्देशनालयका प्रशासन प्रमुख एवं विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले छलफलमा उठेका विषय टिपोट गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्