तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारी : दुई प्रशिक्षक नियुक्त




कोहलपुर । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारी गर्न थालेको छ ।

तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारीका लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए । मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा भोजराज शाही रहेका छन् ।

कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको संस्करण भव्य र सभ्य रुपमा सफल भइसकेको छ ।

अखिल नेपाल फुटबल संघले कोहलपुर रेसिङ्ग साहारा क्लबलाई गोल्डकपका लागि मिति स्वीकृति समेत गरिसकेको छ । ५ वटा शर्तमा माघ २५ गतेदेखि फागुन ३ गतेसम्म तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ सञ्चालन गर्न पाउने भएको छ ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार