कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—१० रामनगरमा रहेको यूरो स्कुलले प्रथम वार्षिकउत्सव मनाएको छ ।
शनिबार यूरो स्कुलका संस्थापक अध्यक्ष कमल पछाईको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यितामा यूरो स्कुल कोहलपुरले प्रथम वार्षिकउत्सव मनाएको हो ।
यस्तै कार्यक्रममा विद्यालयका प्रिन्सिपल जेम्स र्मूमले स्वागत मन्तव्य राखेका थिए । यूरो स्कुलका विद्यार्थीहरुले स्थानिय पाठ्यक्रम अनुसारको कला, हस्तकला र चित्रकला सहित भौतिक सामग्रीहरुको समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरलाई शैक्षिक हव बनाउने अभियानमा यो स्कुल जोडिएकोमा प्रसंसा गर्दै यूरो स्कुललाई राम्रो मुल्याङ्कन हुने विश्वास दिलाए ।
‘यो विद्यालय कोहलपुर शैक्षिक हवको लागि एउटा अंशको रुपमा लिएको छु’ उनले भने, ‘संस्थागत विद्यालयहरुको लगानीलाई संरक्षण र अभिभावकत्व ग्रहण गरेको छु ।’ यस यूरो स्कुल कोहलपुरलाई पनि संरक्षण र अभिभावकत्व गरेको जानकारी गराउँदै यूरो स्कुललाई नमूना स्मार्ट स्कुल बनाउन निरन्तर लगनशिल भएर लाग्न नगर प्रमुख आचार्यले आग्रह गरे ।
यस्तै सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले हरेक कक्षा कोठामा स्मार्ट बोड, प्रविधिसंगसंगै प्रयोगात्मक सिपलाई जोडर अध्ययन गराइराख्नुभएकोमा हृदयदेखि धन्यावाद दिएका थिए । आगामी दिनहरुमा नगरपालिका, शिक्षा समिति र आफू समेतले यस विद्यालयको उन्नती समृद्धि र विकासका लागि निरन्तर लागि पर्ने उनको भनाई थियो ।
यस्तै यूरो स्कुल कोहलपुरका संस्थापक सञ्चालक कमल पछाईले कोहलपुरमा नमूना स्मार्ट स्कुल बनाउने लक्ष्य सहित अगाडी बढेको बताए । ‘हरेक कक्षा कोठामा २४ जना विद्यार्थी हुनेछन्,’ उनले भने, ‘हरेक विद्यार्थीको केस स्टडी हुनेछ, जसअनुसार विद्यार्थीको सिर्जनशिलता, पढाई तथा अन्य क्षेत्रको पहिचान गरी अध्ययन अध्यापन हुनेछ ।’
हरेक कक्षा कोठामा स्मार्ट बोर्ड, मन्टेश्वरी टेनिङ्ग प्राप्त शिक्षकशिक्षिकाले अध्यापन गराउने, प्रविधिलाई प्रयोग गरी प्रयोगात्मक अध्ययन गराउने, नयाँ नयाँ खोज अनुसन्धानमा विद्यार्थीलाई अग्रसर बनाउने, हरेक कक्षाको ठामा चिसोमा हिटर र गर्मीमा एसीको व्यवस्था भएको उनको भनाई थियो ।
कोहलपुर आसपास क्षेत्रका बालबालिकालाई भर्ना गर्दा न्यूनतम शुल्कमा भर्ना तथा अन्य शुल्कमा समेत छुट सहित भर्ना खुलेको संस्थापक पछाईले बताए ।
यस्तै कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवर, एन प्याब्सन बाँकेका सचिव तथा क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्द, नेशनल प्याब्सन कोहलपुरका अध्यक्ष विष्णु केसी, इन्द्रदेवी गुरुङ्ग, यूरो स्कुलका सञ्चालकद्वय शेरचन भण्डारी, बामदेव न्यौपाने र यूरो स्कुल नेपालगञ्जका प्रिन्सिपल निर्जला मर्हजन लगायत ३ सय भन्दा बढि अभिभावकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्