भगवती पोख्रेल, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पस प्रशासनको समन्वयमा रक्तदान कार्यक्रम भएको हो ।
क्याम्पस प्रमुख दान बहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम उदघाटन गरिएको थियो । रक्तदान कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, राम माध्यमिक विद्यालयकि शिक्षक सीता के सि आचार्य लगायत क्याम्पसका प्राध्यापक, कर्मचारी स्व वि यु पदाधिकारी सहितको उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका कर्णाली प्रदेश उपसभापति रामराज मल्लले रगत दिएर रक्तदान सुरु गरेका थिए । प्राध्यापक टिकाराम न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा पहिलो पटक रगत दान गरेका थिए । सन्चारकर्मी कल्पना कार्कीले पनि आफ्नो जन्मदिनको अवसरमा क्याम्पस रगत दान गरेकी छ्न ।

उनले आफ्नो जन्मदिन ३/४ वर्षको अन्तरालमा मात्र श्रावण महिनाको ३२ गते पर्ने भएकोले यो पटक मानवीय कार्य अन्तरगत रगत दान गरेको जानकारी दिइन । रगत दान क्याम्पस प्रमुख दान बहादुर हमाल, दक्षिणा चन्द शाह, जेन्टिल गौतम, ध्रुव कुमार अधिकारी, ज्ञाननेन्द्र शाही कृष्ण अधिकारी, प्रेम वलि लगायतका प्राध्यापकहरुले रगत दान गरेका छ्न ।
कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष सुरेश चंदाराले गरेका थिए । ५१ जनाले रगत दान गरेको प्राध्यापक शर्माले जानकारी दिए कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्