
DCIM101MEDIADJI_0838.JPG
विद्यार्थी नभएकै कारणले मर्जमा हुन लागेको विद्यालय हो शिवशक्ति । वि.सं. २०५९ सालमा स्थापना भएको विद्यालयमा चार वर्ष पहिले बन्द हुने वा मर्च गर्ने अवस्थामा पुगेको थियो ।
जब कोहलपुर नगरपालिकाले २०७७ सालमा दरबन्दी मिलान ग¥र्यो सो दरबन्दी मिलान पछि शिवशक्तिले निकै फड्को मा¥र्यो ।
दरबन्दी मिलानले कोहलपुरको शैक्षिक प्रणालीमा सुधार, उन्नती र प्रगति भएको विद्यालयलाई लिन सकिन्छ शिवशक्तिलाई । शिवशक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् बद्रि सापकोटा । बालबालिकाको भविष्य बारेमा बिहान उठेदेखि राती नसु्तेसम्म चिन्ताले पिरोल्छ उनलाई । प्रधानाध्यापकलाई विद्यालयको प्रशासनदेखि कक्षा कोठासम्म, बालबालिकादेखि समाजसम्म, हरेक दिनमा परिर्वतन जटिल विषयहरू सहाल्दै अगाडि बढ्नु निकै गाह्रो हुन्छ । प्रधानाध्यापक बनेर कलिला बालबालिकाहरूको भविष्यको उज्यालो बनाउने पूर्ण जिम्मेवारी बोकेर काम गर्न काँचो माटोलाई ढुङ्गा जस्तै बलियो बनाउनु हो ।
कोहलपुरको शिक्षा सुधारमा योग्दान
कोहलपुर नगरपालिका १३ मा रहेको बालशिक्षा आधारभूत विद्यालयको रूपमा बद्रि सापकोटाले २०५० भदौ १ गते स्थापना गरे । उनलाई वि.व्य.स.को सिफारिस गरेपछि जिल्ला समन्वय समितिबाट अस्थायी प्र.अ.को भूमिकामा नियुक्ति दियो । ‘अभिभावकलाई प्रेरितगरी बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउन निकै कठिन थियो,’ उहाँ भन्नुहुन्छ, ‘तर हामी दिनरात खटिएपछि १ कक्षाको अनुमति पायौं र विद्यालयमा ४५ जना विद्यार्थी भर्ना गर्न सफल भयौं ।’ ‘क्रमशः कक्षा ५ सम्म थप हुँदै गयो, पछि विस्तारै २ सय ७० जना विद्यार्थी बनायौं,’ उहाँले थप्नुभयो, ‘उनको काम र लगनशिलतालाई देखेर विद्यालयलाई कोहलपुर स्रोत केन्द्रले २५ हजार नगद सहित सम्मान ग¥यो, उनलाई थप हौसला प्रदान भयो ।’ झन् उनले विभिन्न योजना सहित सक्रिय रूपमा लाग्न थाले । त्यसपछि सापकोटा वि.सं. २०५६ सालमा लक्ष्मी मा.वि. बर्दहवामा सरुवा भए ।

उनी शिक्षकको रूपमा लक्ष्मी मा.वि.मा आए । निरन्तर कक्षामा विद्यार्थी उत्तीर्ण, नियमित क्रियाकलापले वि.व्य.स.ले उनलाई वि.सं. २०७० चैत २३ गते प्र.अ.को भूमिका दियो । ‘प्र.अ.को भूमिका लिँदा विद्यालयमा ८ कोठे पक्की भवन, ८ कोठे कच्ची र ६ कोठे जिर्ण भवन, ८ सय ५० विद्यार्थी र ८ लाख ५६ हजार घाटामा विद्यालय चलिरहेको थियो,’ सापकोटा भन्छन् । ७ वर्षको अवधिमा सापकोटाले २२ कोठे पक्की भवन, ९५ मिटर पक्की पर्खाल, १६ सय ५० विद्यार्थी, शौचालय र घाटामा रहेको विद्यालयलाई माथि उकास्ने लगायतका काम गरे । उहाँले बागेश्वरी बहुमुखी क्याम्पसबाट (२०५४–२०५५) प्रविणता तह र स्नातक तह (२०६५–२०६७) सुर्खेतको शिक्षा क्याम्पसबाट पूरा गर्नुभएको छ ।
शिवशक्तिका असल अभ्यास
वि.सं. २०७७ सालमा शिवशिक्तमा प्रअ भएपछि ‘पढ्दै कमाउँदै कार्यक्रम’, ‘जीवन उपयोगी सीप शिक्षा कार्यक्रम’, ‘नो बुक, नो ब्याक कार्यक्रम’, ‘भित्ते पत्रिका लेखन तथा प्रकाशन’, ‘अभिभावक शिक्षा कार्यक्रम’, र अभिभावक सम्मान कार्यक्रम, ‘च्याउ खेती टर्नेल निर्माण’, ‘करेसाबारी गोडमेल’, ‘कमजोर विद्यार्थी सिकाई सुधार कार्यक्रम’ लगायत लगायत २४ वटा असल अभ्यासहरू गर्र्दै आएका छन् ।
कक्षा पाँच सम्म रहेको विद्यालयलाई प्रअ सापकोटाले २०७७ सालमा कक्षा ६ को अनुमति लिएपश्चात निरन्तर दिँदै हाल कक्षा ८ सञ्चालनमा छ । २०८० मा कोहलपुर नगरपालिकामा हुने सामुदायिक विद्यालय अन्तर्गत नगर स्तरिय कक्षा ८ को परिक्षामा समेत प्रथम स्थान प्राप्त गरी उत्कृष्ट भएको हो ।
भौतिक पूर्वाधारतर्फ ७ कोठे पक्की भवन बनिसकेका छन् भने थप ४ कोठे पक्कि भवन बन्ने क्रममा रहेको प्रअ सापकोटा बताउँछन् । पुस्तकालयको व्यवस्था अझै हुन सकेको छैन तर अन्य भौतिक पूर्वाधारहरू सबै बनिसकेको छ सापकोटा बताउँछन् । आधुनिक फर्निचरको व्यवस्था भएको, शोचालय, विज्ञान सामग्री, अन्य विविध कार्यक्रमका लागि आवश्यक सामग्रीहरू समेत पूरा भएको प्रअ सापकोटाको भनाइ छ ।

दरबन्दी मिलानले दिएको अवसर
कोहलपुर नगरपालिकाले २०७७ सालमा दरबन्दी मिलान ग¥यो । दरबन्दी मिलानमा उहाँ शिवशक्ति आधारभूत विद्यालयमा प्रअको भूमिका दिएपछि अर्को सफल बनाउने अवसर प्राप्त गरे । शिवशक्तिमा उहाँले प्रअको भूमिका काम गर्न थालेको अहिले ४ वर्ष पुगेको छ । उहाँले शिवशक्तिमा दुई वर्ष काम गर्दै गर्दा सामाजिक विकास डिविजन कार्यालय बाँकेबाट उत्कृष्ट विद्यालयको रूपमा सम्मान समेत प्राप्त गरिसकेका छन् ।
‘नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगूवाई’ भन्ने मुख्य नारा लिएको नेपाल प्रिन्सिपल एसोसिएनसनले ‘वर्ष उत्कृष्ट विद्यालय पुरस्कार’ अन्तर्गत ‘प्यान उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ सापकोटालाई प्रदान गरेको थियो ।
२५ वटा शैक्षिक मापदण्डका आधारमा गरेको निष्पक्ष मूल्यांकन गरी सापकोटालाई सम्मान गरेको छ । ‘कुनैपनि मानिसमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्दछ, जसको कारण काम गर्ने कार्यमा जोस र जाँगर आउँछ ।’ विद्यालय निर्माणको लागि पनि प्रशासन प्रमुखमा त्यो खालको ईच्छाशक्ति हुनु अनिवार्य छ,’ सापकोटा भन्छन्, ‘यदि त्यो भावना नभएको खण्डमा कुनै पनि योजना लाई अगाडि बढाउन सकिँदैन ।’ यसका लागि अहोरात्र खटिने खालको शिक्षक एवम् कर्मचारी भएमा मात्र आफूहरूमा पनि सहजता आउने उहाँको तर्क छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्