Kohalpur Today Header Ads

कोहलपुर १२ चप्परगाैडीका १४ वर्षीय बालक अर्यालको करेन्ट लागेर मृत्यु




कोहलपुर । बाँकेको कोहलपुरमा घाँस काट्नका लागि जङ्गलमा गएका एक बालकको करेन्ट लागि मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बालक सन्दीपलाई कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो। घाँस काट्नका लागि कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीले जानकारी दिए ।

उनका अनुसार रुखमा करेन्ट लागेपश्चात भुइँमा लडी घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। उपचारका क्रममा डाक्टरले सन्दीपलाई मृत्यु भएको घोषणा गरेको उनले बताए ।

LIfe Ok

करेन्ट लागेर घाइते भएका सन्दीपलाई उद्दार गर्न प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेर उपचारका लागि अस्पताल पुर्याएको कोहलपुर प्रहरीले जनाएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार