Kohalpur Today Header Ads

तीनदिने स्काउट तालिम सम्पन्न, बालबालिकामा नेतृत्व र असल नागरिकता विकासमा जोड




बैजनाथ बांके 

बाँके, असार ९।  लुम्बिनी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा तथा लुम्बिनी प्रदेश स्काउट कार्यालयको समन्वय एवं प्राविधिक सहयोगमा विद्यालयस्तरीय बालबालिकाहरूका लागि सञ्चालन गरिएको तीनदिने स्काउट तालिम सम्पन्न भएको छ।
बैजनाथ गाउँपालिका–१, गाभर, बाँकेमा असार ७ गतेदेखि सुरु भएको दुई रात तीन दिनको तालिम असार ९ गते समापन गरिएको हो। तालिममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।


कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद् विकास समितिका उपाध्यक्ष हंसराज खनाल ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा रत्न खत्री को उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा गोपाल प्रसाद अधिकारी, तारा पुरी, रेखा धिताल, गौरी सापकोटा तथा सुमित्रा धिताल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

LIfe Ok


तालिममा स्काउटका आधारभूत सिद्धान्त, अनुशासन, नेतृत्व विकास, समूह कार्य, सामाजिक उत्तरदायित्व, विपद् व्यवस्थापन तथा असल नागरिकका रूपमा आवश्यक व्यवहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको सहजीकरण तथा प्रशिक्षण नवीन कुमार पराजुली, गौरी सापकोटा र विशाल पाण्डे ले गर्नुभएको थियो।


कार्यक्रमका वक्ताहरूले स्काउट अभियानले बालबालिकाहरूमा अनुशासन, सेवा भावना, नेतृत्व क्षमता र जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले विद्यालय तहदेखि नै स्काउट गतिविधिलाई प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
तालिमको मुख्य उद्देश्य बालबालिकाहरूमा नेतृत्व सीपको विकास गर्नुका साथै असल नागरिक चरित्र निर्माणमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तनका वाहक बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


समापन समारोहमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता तालिमले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सेवाप्रतिको भावना सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार