Kohalpur Today Header Ads

अत्यधिक गर्मी र ताजिया विसर्जनका कारण कोहलपुरमा भोलि पठनपाठन स्थगित




कोहलपुर । अत्यधिक गर्मी बढ्दै गएको तथा मुस्लिम धर्मावलम्बीहरूको ताजिया विसर्जन कार्यक्रम समेत पर्ने भएकाले कोहलपुर नगरपालिकाले भोलि असार १२ गते शुक्रबार एक दिनका लागि स्थानीय बिदा मिलान गर्दै पठनपाठन स्थगित गर्न अनुरोध गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने तथा ताजिया विसर्जन कार्यक्रमका कारण आवतजावत र सुरक्षा व्यवस्थापनलाई समेत मध्यनजर गर्दै नगरभित्रका सबै विद्यालयमा एक दिनका लागि पठनपाठन स्थगित गर्न आग्रह गरिएको जनाएको छ।

LIfe Ok

नगरपालिकाले सम्बन्धित विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवालालाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार