
सुन्दर स्वच्छ, रमणीय अनि हराभरा सुदूरपश्चिमको प्रवेशद्वार कोहलपुर नगरीमा जीवन ज्योति स्कुल अवस्थित छ । वि.सं २०७२ सालमा कोहोलपुरको शैक्षिक गतिविधिमा सुधार गर्न जूनको किरण र घामको ज्योति बनेर जीवनज्योति स्कुल स्थापित भएको थियो। गरिब तथा निम्न आयआर्जन भएका अभिभावकका लागि यस विद्यालयले न्यूनतम शुल्कमा शिक्षा प्रदान गर्दछ । पढाइमा अब्बल तथा मिहिनेती र जेहनदार विद्यार्थीहरूका लागि यसले सधैँ ढोका खोलिदिन्छ। अन्य विद्यालयको तुलनामा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नै छुट्टै पहिचान बोकी कोहोलपुर नगरीको शैक्षिक विकासमा एक नयाँ आयामको रूपमा जीवन ज्योति विद्यालय स्थापित भइसकेको छ ।
स्थापना भएको १० वर्षको छोटो अवधिमा नै यस क्षेत्रकै उत्कृष्ट सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै कोहलपुरमा अब्बल विद्यालयको रूपमा चिनिसकेको छ । यस विद्यालयका संरक्षक तथा सञ्चालक फादर जोमन जेम्सको कुशल नेतृत्व अथक मिहिनेत लगनशीलता र विद्यार्थीहरू प्रतिको मायाले यस विद्यालय कक्षा नर्सरीदेखि १२ कक्षासम्म सञ्चालन हुँदैछ । विभिन्न आरोह, अवरोह उकाली ओराली र चुनौतीहरूको सामना गर्दै करिब २,५०० विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दैछ । शिक्षाको दियो बाल्दै सञ्चालित यो शैक्षिक फूलबारीमा पूर्व प्राथमिक कक्षानर्सरी, एलकेजी युकेजीमा मन्टेरी सुविधा हुनुको साथै बालबालिकालाई दुध र फलफुलको व्यवस्था गरिएको छ ।

यस विद्यालयमा विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै कक्षा नर्सरीदेखि कक्षा १० सम्म दिवा खाजा र खानाको समेत व्यवस्था गरिएको छ।स्वास्थ्य नै ठूलो धन हो भन्ने मर्मलाई मध्यनजर गर्दै गर्दै स्टडियम सहितको ठूलो खेल्ने मैदानमा फुटबल बास्केटबल मार्सल आर्ट, नृत्य, क्रिकेट, भलिबल, टेबुल टेनिस, तथा अन्य अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । बजारमा उपलब्ध प्याक गरिएका खानेकुरा खान विद्यार्थीहरूलाई निषेध गरिएको छ । स्वच्छ सफा र हराभरा सुन्दर आकर्षक यस विद्यालयका प्रत्येक तलामा शौचालय र खानेपानीको व्यवस्था गरिएको छ । विद्यालयलाई पटकपटक सफा गरिन्छ । कहीँ कतै पनि फोहर हुँदैन ।
आधुनिक पुस्तकालय, विज्ञान प्रयोगशाला, आधुनिक कम्प्युटर ल्याब, स्वास्थ्य परीक्षणको लागि नर्सको व्यवस्था, आधुनिक स्मार् बोर्डसहितका कक्षा कोठाहरूमा पठनपाठन गराइन्छ। बाँके जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा एसईईमा शतप्रतिशत नतिजा ल्याई राष्ट्रकै गर्वको विषय बन्न सफल भएको छ ।
प्रयोगात्मक कार्यलाई प्राथमिकता दिने यस विद्यालयले प्रत्येक विषयको प्रयोगात्मक तरिकाले शिक्षण गरिनुको साथै प्रत्येक वर्ष विज्ञान प्रदर्शनी, कला प्रदर्शनी, अभिभावक दिवस सञ्चालन गरी विद्यार्थीहरूको प्रतिभालाई प्रस्फूटन हुने अवसर प्रदान गर्दछ। विद्यालय भित्र हुने विभिन्न अतिरिक्त क्रियाकलापका साथै विद्यालयभन्दा बाहिरका कार्यक्रममा पनि सक्रिय सहभागिता जनाई कुनै न कुनै स्थान प्राप्त गरेकै हुन्छ ।
सम्मो भर्याङको व्यवस्था भएको यस विद्यालय अपाङ्ग मैत्री विद्यालयले हुइल चियेरमा गुडेर शिक्षा लिन चाहाने विद्यार्थीहरूको लागि समेत सुनौलो अवसर प्रदान गरेको छ । यस विद्यालयले गुणस्तरीय शिक्षा लिन राजधानी पुग्नुपर्ने बाध्यताले पिरोलेका अभिभावक र विद्यार्थीको लागि सुनौलो अवसर प्रदान गरेको छ । सयौं हजारौं विद्यालयको बीचमा जीवनज्योति विद्यालय धुर्वतारा झैँ चम्किरहेको छ । दैविक प्रकोपमा परी घरबारविहीन भएका अभिभावकको सहारा बनेको छ।
समयभन्दा बलवान केही पनि छैन अनुशासनको पालनाले मानव जीवनलाई गन्तव्य अनि लक्ष्यतिर डो¥याउँछ । त्यो मार्गमा यो विद्यालय परिवारका सदस्य दिनरात मेहनत गर्दै अगाडि बढ्दै छन् ।
समयलाई प्राथमिकता दिँदै हरेक काम ठिक समयमा गर्दै विद्यालय अगाडि बढ्दैछ । अन्य शैक्षिक संस्थाभन्दा बेग्लै पहिचान, छुट्टै परिचय, गरिब तथा निम्न आय आर्जन भएका परिवारका बालबालिकाको छाहारी बनी भविष्यको ज्योति बने कर्ममा यो विद्यालयका सम्पूर्ण सदस्यहरू खटिरहेका छन् । त्यसैले त यो विद्यालय अरू शिक्षालयभन्दा एक कदम अगाडि छ । यस विद्यालयसँग सम्बन्धित सबै विद्यार्थीहरूको भविष्यको स्वर्णिम रेखा कोरिसकेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्