गुणस्तरीय शिक्षाका लागि जनज्योति पब्लिक स्कुल




वि.सं. २०७० मा एसएलसीमा जिल्ला प्रथम बन्न सफल विद्यालय हो जनज्योति पब्लिक हाई स्कुल । स्वच्छ, सुन्दर, हरियाली वातावरण र कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य केन्द्र विन्दु रहेको कोहलपुर २ मा अवस्थित जनज्योति पब्लिक स्कुल वि.सं. २०५८ सालमा स्थापना भएको हो । स्थापना कालदेखि हालसम्म हजारौं विद्यार्थीको सपना साकार पार्ने सफल र कोहलपुरको शैक्षिक गतिविधिलाई सुधारमा उल्लेख्निय भूमिका खेलको छ ।

२०७३ सालदेखि विद्यालयको भौतिक पक्ष मात्र होइन शैक्षिक पक्ष पनि राम्रो छ । विगत आठ वर्ष यता यो विद्यालयको उपलब्धि सतप्रतिशत राख्न सफल छ । २०८० वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा सहभागी भएका ५६ जना मध्ये ८ जनाले ‘ए प्लस’ ल्याएका थिए । सो विद्यालयबाट ग्रेडिङ सिस्टम सुरुभए यता ‘सी ग्रेड’ भन्दा तल ल्याउने विद्यार्थी नै छैनन् । गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि पश्चिम नेपालका जिल्लाका अभिभावक तथा विद्यार्थीको रोजाइ बन्न सफल भएको विद्यालय हो जनज्योति । गुणस्तरीय शिक्षाको खोजी गर्ने अभिभावककलाई उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ ।

प्ले ग्रुप देखि कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयमा क्वलावेरेशन यूथ एविआई नेपाल फर एक्टिभिटि वेसड लर्निङ्ग, डिजिटल बुक, प्रोजेक्टर इक्यूपेडेड मल्टिमिडिया क्लास, थेम्स बेसड र्वकसिट फर क्लास र होमवर्क, फूल्ली टेर्नर टिचर टु यूज एक्टिभिटि वेसड लर्निङ्ग एप्रोज, र एसी क्लासरुम जस्ता सेवा सुविधा रहेका छन् । कोहलपुर नगरपालिकाले शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालय भनि सम्मान समेत गरिरसकेको स्कुल हो । कोहलपुर नगरपालिकामा अन्तर्गत हुने कक्षा ८ को वार्षिक परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको हो भने २०८२ मा समेत कक्षा १० (एसईई) मा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालय हो जनज्योति स्कुल ।

खेलकुदमा अब्बल

स्थानीय, प्रदेश र केन्द्रमा हुने खेलकुद गतिविधिमा केही न केही पदक ल्याउन सफल विद्यालय हो जनज्योति । जसले हालसम्म कुनै न कुनै पदक प्राप्त गरी विद्यालयको पहिचान बढाउन सफल भएको छ । विद्यालयमा प्रयाप्त र खुल्ला खेलकुद मैदान भएकोले समयसमयमा एलेथ्लेटिक्स, भलिबल, रनिङ्ग, क्रिकेट तथा अन्य खेलकुदका प्रतियोगितामा उत्कृष्टता प्रस्तुत गर्दै आएको छ ।

भौतिक अवस्था, सुविधा तथा वातावरण

वास्तवमा विद्यालय भनेको भौतिक संरचनाको थुप्रो मात्र नभई त्यसमा चलेको भौतिक, मानवीय तथा सिकाइ प्रक्रियाको जीवन्त चक्र हो । जनज्योति पब्लिक स्कुलमा आवश्यकताअनुसार भवन, इन्टरनेटसहितको श्रव्यदृश्य लगायत पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, बगैँचा, खेल मैदान, उपचारकक्ष, मनोसामाजिक परामर्शकक्ष, शौचालय, खानेपानी, चमेनागृह आदि उपलब्ध छ । साधन स्रोत आफैंमा अर्थपूर्ण हुन्छ । अझ बढी महत्वपूर्ण हुन्छ उपलब्ध साधनस्रोतको अधिकतम् प्रयोग, यसलाई सिकाइसँग जोड्ने वातावरण, नीति निर्माण तथा कार्यान्वयन गरिरहेका छन् प्रिन्सिपल जनक चन्द । चन्द राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भइसकेका हुन् ।

शिक्षण विधि र सिकाइ प्रक्रिया

विद्यार्थीलाई ज्ञान थोपार्ने भन्दा खोज्न प्रेरित गरिन्छ । जनज्योति स्कुलले अपनाउने विधि र तरिकाले निर्धारण गरेको छ । शिक्षकले त्यसको योजना बनाउँदै लागू गरेको पाइन्छ । जसलाई आवश्यकताअनुसार यसलाई परिमार्जन, पुनरावलोकन र परिवर्तन गरिरहेका हुन्छन् । नेपालको परिवेश अनुरूप र पाठ्यक्रमले निर्धारण गरे अनुसारको विषयवस्तुलाई तोकिएको विधिबाट सिकाइ सहजीकरण गरिन्छ । सिकाइ प्रक्रियामा लोकतान्त्रिक, न्यायोचित र बालकेन्द्रित विधि रहेको प्रिन्सिपल चन्द बताउँछन् । यहाँ अध्ययन गरेका विद्यार्थीलाई योग्य, सीपयुक्त, अन्वेषक, सदाचारी, बफादार र जिम्मेवार नागरिक बनाउने काम गरिरहेको उनको भनाइ छ ।

‘सिकाउने विधिमा विद्यार्थीको तन र मन दुवै तरिकाले सहभागी गराउँछौं’, उनले भने, ‘ज्ञान खोज्ने, त्यसलाई व्याख्या विश्लेषण गर्ने, त्यसकै आधारमा सिर्जना गर्ने, सूचकहरूको प्रयोग गर्दै स्वमूल्यांकन गर्ने अवसर दिइन्छ ।’ जसले उनीहरूको आवश्यक पर्ने सीप, ज्ञान प्राप्त गर्न पाउने उनको भनाइ छ ।

एक अर्कासँग समूहमा मिलेर काम गर्ने, अरूको विचारको कदर गर्ने, प्रविधिको प्रयोग गर्ने, परेको बेला सहयोग गर्ने, आफ्ना समस्यालाई पहिचान गरी समयमै समाधान गर्न सक्ने, अप्ठेरो परेको ठाउँमा नेतृत्व लिन सक्ने र आफूले गरेका हरेक कामलाई संसारको प्रणालीसँग दाँजेर हेर्न सक्ने जस्ता सीप सिकाइमा जोड दिइरहेको प्रिन्सिपल चन्द बताउँछन् ।

शिक्षकको अवस्था र पेशागत विकास

उपलब्ध साधन स्रोत, प्रविधि र विधिको प्रयोग गर्दै सिकाइलाई जीवन्त, उपयोगी, दिगो र उत्प्रेरक बनाउनमा सबैभन्दा ठूलो भूमिका शिक्षक कै हुन्छ । जसलाई पूरा गर्न स्कुलले महिना, अर्धवार्षिक र वार्षिक रूपमा शिक्षकहरूलाई तालिमको व्यवस्था गरिएको छ । शिक्षकलाई अभिवृद्धि तालिमले उनीहरूको ज्ञान, सीप, क्षमता, जिम्मेवारीबोध र इच्छाशक्ति, नम्रता, शिष्टता, विनयशीलता, संस्कार र शान्तिपूर्ण व्यवहार, बोल्न र व्यवहार जस्ता विषयमा केन्द्रित हुन्छ ।

शिक्षकले कस्तो भाषाको प्रयोग गर्छन्, कति संस्कारी व्यवहार गर्छन्, आफ्नो पेशा र कामप्रति कति लगाव राख्छन् ? विद्यार्थी र उनीहरूको जीवनप्रति कति जिम्मेवार, जवाफदेही र समर्पित छन् भन्ने विषयले सिकाइलाई दिगो, उपयोगी र उत्पादनशील बनाउन तालिमले सहयोग गर्ने जनज्योति पब्लिक स्कुलका संस्थापक वेगम चन्द बताउँछन् । जसले गर्दा शिक्षकहरूको सिको गर्दै विद्यार्थीले नम्रता, शिष्टता, इमान्दारिता, लगनशीलता, सिर्जनशीलता आदि सिक्छन् । संसार गतिशील छ र हाम्रो जीवन पनि त्यत्तिकै परिवर्तनशील छ । यो परिवर्तन भएको ज्ञान र सीपलाई विद्यार्थीमाझ पु¥याउनका लागि शिक्षक अध्यावधिक हुन आवश्यक छ जसलाई जनज्योति स्कुलले पूरा गरिरहेको छ ।

राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित प्रिन्सिपल चन्द

अभिभावक, शिक्षक, विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध बनाउन सफल, असल र कुसल प्रशासन चलाउन सक्ने नेतृत्व गर्न सक्षम प्रिन्सिपल हुन् जनक चन्द । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरबाट २०८१ भदौ ३१ गतेको निर्णय गरी जनज्योति पब्लिक हाई स्कुलका प्रिन्सिपल जनक चन्द राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका छन् । नेपालभरीकै संस्थागत विद्यालयहरू मध्येबाट जनज्योति पब्लिक हाइस्कुल छनौट पर्नु गौरव र पहिचान हो । संस्थागत तर्फ लुम्बिनी प्रदेशबाट ५ जनामध्ये कोहलपुरको जनज्योति पब्लिक स्कुल छनौट भई सम्मानित भइसकेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार