Kohalpur Today Header Ads

माघ १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आउदै




पुर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउने भएका छन ।

माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजाना गरिने खवरदारी सभा लाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए ।

संयोजक पाण्डेले अध्यक्ष प्रचण्ड आउने कार्यक्रम लाई व्यवस्थित गर्न बिहिवार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितीको अनौपचारीक बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिए ।

LIfe Ok

खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खवरदारी सभा लाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव, सह ईन्चार्ज एंव लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री कुल प्रसाद केसी सोनाम, अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार