Kohalpur Today Header Ads

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. सुवालद्वारा विश्वविद्यालयको नेतृत्व रूपान्तरणमा जोड”




असोज, २३ भारत ।

विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूले उच्च शिक्षामा बदलिँदो परिवेशअनुरूप विश्वविद्यालयको नेतृत्व संरचनालाई पुनर्संरचना गर्नुपर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छ्न । उनले भारतको चण्डीगढ विश्वविद्यालयमा अक्टोबर ५ देखि ९, २०२६ सम्म आयोजित छैटौँ ग्लोबल एजुकेसन समिट २०२६ मा उक्त धारणा व्यक्त गरे ।

LIfe Ok

विश्वभरका ३० भन्दा बढी देशका प्रतिनिधि, ६५ भन्दा बढी विदेशी विश्वविद्यालय तथा ९० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, कृत्रिम बुद्धिमत्तामा आधारित अनुसन्धान तथा शैक्षिक नवप्रवर्तनका लागि गतिशील मञ्च प्रदान गरेको थियो।

उपकुलपति ई. डा. सुवालज्यूले सहकार्यात्मक, जवाफदेही तथा परिवर्तित परिस्थितिप्रति संवेदनशील नेतृत्वमा जोड दिए । उनले संस्थागत सुधार प्रक्रियामा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आह्वान गरे ।

यसै सन्दर्भमा, मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीज्यूले पनि विश्वका विश्वविद्यालयहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले संयुक्त अनुसन्धान, प्राध्यापक विकास, शैक्षिक आदानप्रदान तथा नवप्रवर्तनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विश्वविद्यालय साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, आगामी अक्टोबर २५ देखि ३१, २०२६ सम्म भारतको चण्डीगढ विश्वविद्यालयमा विद्यार्थी आदानप्रदान कार्यक्रम आयोजना हुँदैछ भने उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी हुनेछन्। यस कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव हासिल गर्न, विभिन्न संस्कृतिबीच ज्ञान तथा अनुभव आदानप्रदान गर्न र विश्वव्यापी शैक्षिक सहकार्यको अवसर प्राप्त गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार