रास्वपाले गरायो कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण




कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले होल्डिङ सेल्टरमा रहेका परिवारको आधारभूत जीवनयापन र सडक सुरक्षाको विषय उठाउँदै कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

नगर सभापति राजेन्द्र कुमार श्रेष्ठले नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्ष पूर्ण प्रसाद आचार्यलाई बुझाएको पत्रमा होल्डिङ सेल्टरमा बसोबास गरिरहेका परिवारले शुद्ध खानेपानी, दुई छाक खाना, व्यवस्थित शौचालय र सुरक्षित बसोबासको सुविधा नपाएको उल्लेख गर्दै तत्काल व्यवस्थापन गर्न माग गरिएको छ ।

प्रभावित परिवारको दीर्घकालीन पुनस्र्थापनाका लागि ऐलानी तथा जंगलको जग्गा पहिचान गरी भूमि आयोगलगायत सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह समेत गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै महेन्द्र राजमार्ग अन्तर्गत कोहलपुर चौराहादेखि चपरगौडी डुडुवापुलसम्म रातिको समयमा सडकबत्ती नहुँदा महिला, सर्वसाधारण र सवारी चालक असुरक्षित बनेको उल्लेख गर्दै सम्भावित लुटपाट तथा आपराधिक घटना रोक्न तत्काल सडकबत्ती जडान गरी व्यवस्थापन गर्न नगरपालिकालाई ध्यानाकषर्ण गराएको नगर सचिव देविन सुवेदीले कोहलपुर टडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार