Kohalpur Today Header Ads

कृष्ण माविमा अन्तरकक्षा फुटबल प्रतियोगिता सम्पन्न




कोहलपुर। कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा विद्यालयस्तरीय अन्डर–१६ अन्तरकक्षा फुटबल प्रतियोगिता गरिएको छ ।

वि.सं.२०८३ सालको बडादसैँ तथा शुभदीपावलीको पूर्वसन्ध्यामा सञ्चालन भएको अन्डर–१६ अन्तरकक्षा फुटबल प्रतियोगितामा छात्रा र छात्र दुवैतर्फ कक्षा ९ विजेता बनेका छन् । छात्रातर्फ कक्षा ८ र छात्रतर्फ कक्षा १० उपविजेता बनेका छन् ।

LIfe Ok

यस्तै विजेता छात्र टोली र शिक्षकबीच भएको मैत्रीपूर्ण खेलमा छात्र टोलीले शिक्षक टोलीलाई १ का विरुद्ध १० गोलले पराजित गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक दिलिप वलीले प्रत्येक बालबालिकाको क्षमता र रुचिअनुसारको वातावरण निर्माण गर्दै खेलकुदमार्फत उनीहरूको प्रतिभा प्रस्फुटन र सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार