Kohalpur Today Header Ads

७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न : कांग्रेस निर्वाचन समिति




काठमाडौं । देशभरका ७३ जिल्लाका छ हजार १३२ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो र आज गरेर ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो ।

समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । उनले १५औँ महाधिवेशनअन्तर्गत ती वडाहरूमा वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

LIfe Ok

यस्तै, भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने वडा अधिवेशन बाँकी रहेको उनले जनाएका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार