कृष्ण माध्यमिक विद्यालयको अनुगमनमा सांसद आरती पौडेल

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ कौशिला नगरमा रहेको कृष्ण माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेश सांसद आरती पौडेलले अनुगमन गरेकी छिन् ।

शुक्रबार विद्यालयको समग्र विकासको लागि सहयोग र सहकार्य गर्नका लुम्बिनी प्रदेश सांसद पौडेलले अनुगमन गरेकी हुन् । विद्यालयमा आइसीटी कक्षादेखि भौतिक पूर्वाधारहरुको समेत अनुगमन गरेकी थिइन् ।

अनुगमनको क्रममा बोल्दै सांसद पौडेलले विद्यालयको लागि आवश्यक विकास र समृद्धिको लागि लविङ्ग गर्ने प्रतिबद्धता समेत व्यक्त
गरिन् । यस्तै कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले आफ्नो विद्यालयमा सहयोग र सहकार्यको खाँचो रहेको बताए ।

यस्तै तत्कालिन प्रअ विरेन्द्र मल्ल, नेकपा एमाले बाँकेका सचिवालय सदस्य खेमराज शर्मा, सदस्य रुद्र प्रसाद खनालको उपस्थिति रहेको
थियो ।