नेपालगन्जमा त्रिभुवनको शालिक पुनर्स्थापना (फाेटाे फिचर)

नेपालगन्जको त्रिभुवन चोकमा पुनः राजा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज हिन्दुवादी तथा नेपालगन्ज नगरवासीको अगुवाईमा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको राप्रपाका युवा नेता एवम् नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले जानकारी दिएका छन् ।

वि.सं २०६२/६३ को आन्दोलन ताका तोडफोड गरिएको त्रिभुवनको शालिक करिव १४/१५ बर्ष पश्चात् पुनः पुनर्स्थापना गरिएको हो ।

शालिक पुनर्स्थापनासँगै आजै त्रिभुवन चोकमा दिप प्रज्वलन समेत गरिएको छ । राजा त्रिभुवनको शालिकमा दिप प्रज्वलन गर्दै ‘राजा आउ देश बचाउ’ को नारा समेत लागेको थियो ।

त्रिभुवन चोकमा पुनर्स्थापना गरिएको शालिक हटाइएमा त्यस विरुद्ध कडा प्रतिकार गर्ने चेतावनी अध्यक्ष बेहनाले बताए । नेपालको राणा शासन हटाउन उल्लेखनीय योगदान गरेका त्रिभुवनको शालिक पुनर्स्थापना भएकोमा सिङ्गो नेपालीवासी खुशी भएको बेहनाले बताए ।