Kohalpur Today Header Ads

पोखरामा स्कुल बस दुर्घटना, उद्धार कार्य जारी




कास्की । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ। सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार थिए। घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ।

LIfe Ok

उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। दुर्घटनामा अन्य विद्यार्थीको अवस्था र घाइतेको संख्याबारे विस्तृत विवरण आउन बाँकी छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार