कोहलपुर । बझाङ्गी सेवा समाज बाँकेको प्रथम अधिवेशन तथा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम कोहलपुरस्थित मिनि ट्री टप रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ। “एकता, सेवा, सद्भाव र समृद्धिका लागि” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बाँकेमा बसोबास गर्ने बझाङ्गी समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समाजका अध्यक्ष महेश भण्डारीको सभाध्यक्षता तथा समाजसेवी वीरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. डब्बल धामी, अमर खत्री, सल्यानि समाज बाँकेका अध्यक्ष दशरथ चन्द, दैलेखी सेवा समाज बाँकेका सचिव वीरेन्द्र शाही, सोनु सिंह, अम्मराज खत्री, लक्ष्मण सिंह, गङ्गा भट्टलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र भण्डारीले बझाङ्गी समुदायबीच आपसी एकता, भाइचारा, सामाजिक सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समाजको विकास तथा समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरूले बडादशैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, मेलमिलाप र भाइचारालाई अझ प्रगाढ बनाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष तथा सभाध्यक्ष महेश भण्डारीले प्रथम अधिवेशनले संस्थाको संस्थागत विकास, सामाजिक सेवाको विस्तार तथा समुदायबीच आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सम्पूर्ण बझाङ्गी दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले समाजप्रतिको एकता, अपनत्व र सामूहिक प्रतिबद्धतालाई थप मजबुत बनाएको धारणा व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा समाजलाई थप व्यवस्थित र सक्रिय बनाउँदै सामाजिक सेवा तथा समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्