Kohalpur Today Header Ads

रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग




काेहलपुर । गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावितको राहतका लागि कोहलपुर नगरपालिकाले २० लाख ८२ हजार ३४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार कर्मचारीबाट १८ लाख ९३ हजार ८५४ रुपैयाँ र जनप्रतिनिधिबाट १ लाख ८८ हजार ४९३ रुपैयाँ गरी कुल २० लाख ८२ हजार ३४७ रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

LIfe Ok

नेपाल सरकारको विपद् राहत तथा उद्धारसम्बन्धी निर्णयअनुसार कोहलपुर नगरपालिकाका स्थायी, अस्थायी तथा करार कर्मचारीको नेपाल सरकारले तोकेको अवधिको पारिश्रमिक बराबरको रकम योगदानस्वरुप कट्टा गरी कोषमा जम्मा गरिएको गिरीले बताए ।

त्यस्तै, कोहलपुर नगरपालिकाको भदौ १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिबाट समेत राहत कोषमा सहयोग गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार वडा सदस्यबाट तीन दिन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबाट पाँच दिन र नगर प्रमुख तथा उपप्रमुखबाट सात दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा गरिएको हो ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट योगदान गरेका हुन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार