कोहलपुर ।
कोहलपुर नगरपालिकामा थाइल्याण्डमा पाइने सयपत्री फूल कोहलपुरमा पाइने भएको छ । कोहलपुर नगरपालिका १३ का पुष्प व्यवसायी कर्ण बहादुर थापाले थाइल्याण्डबाट विउविजन ल्याई उमारेका सयपत्रीका फूलहरु कोहलपुरमा पाइने भएको हो ।
शनिबार लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारुले समेत थापा फार्मको अनुगमन गरेका छन् । थारुले प्रदेशबाट हुने कृषि सम्बन्धी कार्यक्रममा पुष्प खेतीमा समेत प्रर्वधनका लागि आफ्ना योजना र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पुतली, मौरी र भमरा उफ्रीउफ्री रमाएका देखिन्थ्यो । पुष्प व्यवसायीमा विष्णु चौधरी र कर्ण बहादुर थापा कोहलपुरमा स्थापित पुष्प खेती गर्न उदाएका युवा हुन् ।
८ कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब ५ क्विन्टल भन्दा बढि उत्पादन हुने थापाको भनाई छ । थापाले माध्यमिक तह उर्तिण गरेका छन् ।
‘लकडाउनमा जनजिवन अस्थव्यस्थ थियो, के गर्ने के गर्ने भन्ने सोचमा थिए ।, घरमा बसिरहेको बेला यूटुव हेर्दै गर्दा पुष्प खेतीको भिडियो आयो त्यसलाई हेरे जसले गर्दा पुष्प खेती गर्न जारुक गरायो ।’ थापा भन्छन् ।
बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएकोले जंगली जनवारबाट पनि क्षति नहुने (जस्तो बादर) पुष्प खेती उपयूक्त हुनेभएकोले पुष्पखेती गर्न थालेको थापाको भनाई छ ।

‘निरन्तर भारतमा गएर कमाउन जाने ३ जनालाई रोजगारी दिएको छु’, थापा भन्छन्, ‘अहिले वार्षिक करिब ५/७ लाख रकम आम्दानी छ ।’ गतवर्ष ३ क्विन्टल सयपत्री फूल खेर गएको थियो, जसले केही घाटा लाग्यो तर यो पटक भने केही राहत मिल्ने थापाको भनाई छ ।
विष्णु चौधरी कोहलपुरकी पहिलो स्थापित पुष्प खेती गर्ने महिला हुन् विष्णु । ७ कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब ३ क्विन्टल भन्दा बढि उत्पादन हुने चौधरीको भनाई छ । चौधरीले नेपाली विषयमा डिग्री गरेकी छिन् ।
‘७ वर्ष पहिले कैलाली घुम्न गएको थिए, त्यहाँ लगाएको सयपत्री खेतीको बारेमा जानकारी लिएपछि प्रेरणा मिल्यो, जसले गर्दा अहिले पुष्प खेती मै जिविकोनिर्वाह गरेरहेकी छु’ पुष्प व्यवसायी चौधरीले भन्छिन्, ‘अहिले वार्षिक करिब ५ लाख बढि रकम आम्दानी छ ।’

‘गतवर्ष पुष्प व्यवसायीहरुलाई घाटा लागेको थियो तर अहिले केही राहत मिल्छ भन्ने विश्वास लिएकी चौधरीको भनाई छ । चौधरीले निरन्तर २ जना र बर्खाको सिजनमा करिब १० जनालाई रोजगारी दिएकी छिन् ।
स्थानिय स्तरमा उत्पादन भएका प्राकृतिक फूलहरुलाई प्रबर्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पुष्पखेतीको स्टल निर्माण गरी विक्रि वितरणमा सहयोग पुग्ने गरी योजना बनाएको कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख विर बहादुर थापा बताउँछन् ।
थापाले कोहलपुर नगरपालिकामा दर्ता भएका पुष्पखेती व्यवसायीहरुलाई लक्षित गरी स्टल स्थापना हुने बताए । स्थानिय स्तरमा उत्पादन भएका सयपत्री फूलहरुको अभाव हुनसक्छ, जसलाई परिपूर्ति गर्न कोहलपुरका पुष्पखेती गरेकै व्यवसायहरुको समन्वयमा पुरा गर्ने थापाको भनाई थियो ।

थापाले कोहलपुर नगरमा प्लाष्टिकजन्य फूलगुच्चाका उत्पादन, आयात, विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको सबैलाई जानकारी दिइसकेको बताए ।
कोही कसैले प्लाष्टिकजन्य फूलगुच्चाका उत्पादन, आयात, विक्रि वितरण वा भण्डारण गरेको पाइएमा कानून अनुसारको कारवाही गरी जफल समेत गर्ने नगर प्रहरी प्रमुख थापाले बताउँछन् ।

कोहलपुरका ६ स्थानमा स्टल राख्ने योजना हामीले बनाएका छौं, त्यसमा पुष्प व्यवसायीहरुले चाहे अनुसारका स्थानहरु रोज्नुहुन्छ सोही अनुसार स्टल राख्ने नगर प्रहरी थापाको भनाई थियो ।
कोहलपुरका तीन व्यवसायहरुले के कति दररेटमा सयपत्री फूल विक्रिवितरण गर्ने सकिन्छ ? भन्ने नगरपालिकामा आइतबार दररेट ल्याउनुहुन्छ अनि मात्र थाहा हुने नगर प्रहरी थापाको भनाई थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्