कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमुखी ईमि स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुपमा विदाई गरेका छन् ।
बिहिबार कक्षा ९ मा अध्ययनरत भार्गव राज विक्रम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई भव्य विदाई कार्यक्रम गरिएको थियो ।
प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले उद्घाटन गर्दै विद्यार्थीहरुलाई हौसलाको जरुरत पर्ने उनको भनाई थियो ।
‘विद्यार्थी सफल हुन पहिले अनुशासन आवश्यकता पर्दछ’, उनले भनिन्, ‘अनुशासन मुल मेरुदण्ड हो ।’ अभिभावक र शिक्षक भनेका बाटो देखाउने काम गर्दछन तर मेहनत, परिश्रम, लगनशिलता विद्यार्थी आफै स्वयम् लाग्नुपर्ने उनको भनाई थियो ।
यस्तै पञ्चमूखी ईमि स्कुलका एमडी किशोरराज मल्लले ढुक्क भएर परिक्षामा सामेल भएर उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
विद्यालयमा प्रविधिमैत्री, बालमैत्री, अतिरिक्त क्रियाकलाप, स्मार्ट बोर्ड, कम्प्यूटर ल्याब, शुद्ध खानेपानी लगायत अत्याधुनिक सेवा र सुविधा सहित शिक्षा प्रदान गरेको एमडी मल्लले बताए ।
मल्लले कक्षा १० मा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई आउदै गरेको एसईइ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए ।
यस्तै सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले चैत ५ गते हुन गइरहेको एईई परिक्षामा सहभागि भएका विद्यार्थीहरुको ए प्लस आओस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
विगतका वर्षहरुमा पञ्चमुखी ईमि स्कुलले शत प्रतिशत नतिजा प्राप्त गरेको र आगामी वर्षहरुमा समेत शत प्रतिशत नतिजा प्राप्त गरोस् भन्दै सुवेक्षा प्रकट गरेका थिए ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पञ्चमुखी विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले सफलता पाउन निकै कठिन परिश्रम र मेहेनत गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रममा समाजसेवी बालकुमार शर्माले विद्याथीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यस्तै अभिभावक कविता खड्काले विद्यालय राम्रा गतिविधि र उपलब्धीहरुका बारेमा चर्चा गरेकी थिइन् । गतवर्षको एईई र विएई परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरिन् ।
शैक्षिक क्रियाकलापमा मात्र गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्नुभएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएकी थिइन् । आगामी दिनमा यसैगरी कडा महेनत, परिश्रम गरी सन्तानको भविष्य उज्वल बनाउनुपर्नेमा अभिभावक खड्काले विश्वास व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा विद्यालयका शिक्षक अर्जुन पौडेलले परिक्षामा समाहित हुँदा डर त्रास नमान्न अनुरोध गर्दै शुभकामना व्यक्त गरे ।
यस्तै विदाई तथा शुभकामना कार्यक्रममा करातेको डेमो प्रर्दशन गरेका थिए भने कल्चर र रिमिक्स डान्स समेत प्रस्तुत गरेका थिए भने अभिभावकलाई व्याच र खादाले सम्मान गरिएको थियो ।
कक्षा १० का विद्यार्थीहरुलाई बेलन डान्स र अभिभावकलाई एक्ट ईमिटेशन ग्याम खेलाइएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संयोजक डिल्ली खड्काले गरेका थिए ।
कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफुहरु जहाँ र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहिरहने बताएका थिए ।
कार्यक्रममा ईन्द्र गुरुङ्ग, यज्ञ महरा अभिभावक र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन कक्षा नौ की छात्रा सुलचना मगर र छात्र अनिस थापाले सयक्त रुपमा गरेका थिए भने सो अवसरमा विद्यार्थीहरुद्धरा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्