Kohalpur Today Header Ads

कोहलपुर नगरपालिकामा कांग्रेस जनप्रतिनिधिबाट ३ लाख बढी सहयोग




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको विपद् व्यवस्थापन कोषमा ३ लाख २ हजार ३४८ रुपैयाँ सहयोग गरेका छन् ।

गत भदौ १० गते रसुवामा गएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ उक्त रकम जम्मा गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बाढी प्रभावितहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा एकमुष्ट सहयोग गर्ने निर्णय गरेको थियो ।

LIfe Ok

सोही निर्णयअनुसार कोहलपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम कट्टा गरी पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् ।

कांग्रेस कोहलपुर नगर सभापति तथा वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले जनप्रतिनिधिहरुले उक्त रकम सहयोग गरेको जानकारी दिए । उनका अनुसार नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले १० दिन बराबरको पारिश्रमिक विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट रकम छुट्याएर सहयोग गरेको शाहले बताए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार