सुर्खेत लाटिकोइलीका रुपेश भाम कोहलपुर नेपालगन्ज प्राय झरिरहन्छन् । पछिल्लो पटक उनी दुई वर्षपछि कोहलपुर झरे । एक जना आफन्तलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याएका उनले यो दुई वर्षको अवधिमा कोहलपुर धेरै परिवर्तन भएको देखें ।
‘कोहलपुरको टोल, बस्ती र बजार क्षेत्र त अहिले नचिनिने भएको रहिछ भामले भने–‘जता हे¥यो उतै हरियाली र सफा सुन्दर देखिने । कति राम्रो भएको रहिछ ।’ तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारीका नवराज रावत पनि कोहलपुरको हरियालीले मनै लोभ्याएको बताए ।
कोहलपुर न्यूरोडमा आफन्तलाई भेट्न आएका उनले भने–‘सहरहरु उजाड भइरहेका छन् । तर बेला कोहलपुरलाई हरियालीले छोप्दै लगेको छ । कोहलपुरबासीका लागि यो भन्दा ठूलो उपलब्धी अरु के हुन्छ ?’ यसैपनि बाँके गर्मी हुने ठाउँ हो ।
जलवायु परिवर्तनको असर अहिले विश्वव्यापी मुद्दा बनेको छ । यस्तो अवस्थामा कोहलपुर नगरपालिकाले बोटविरुवा संरक्षण गर्दै नगरपालिकालाई हरित नगर बनाउनु अत्यन्तै उपयुक्त र स्रहानीय विषय भएको कोहलपुर वडा नं.६ की सपना विष्ट बताउँछिन् । कोहलपुर नगरपालिकाले हरित नगर अभियानलाई तब्रि गतिमा अगाडि बढाएसँगै अहिले कोहलपुर हराभरा र सफा सुन्दर देखिन थालेको छ ।
नगरलाई हरियाली बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समेटेर त्यसलाई कार्यान्वनयमा ल्याएको छ । त्यसमा नगरबासीले पनि साथ दिएका छन् । २०८० असार १५ गतेदेखि वृक्षारोपण सुरु गरेर कोहलपुर नगरपालिकाले नीतिगत रुपमा कोहलपुरमा हरित अभियान अगाडि बढाएको थियो ।
कोहलपुर नगर प्रहरीको नेतृत्वमा बोटबिरुवा रोप्ने, त्यसमा मलजल गर्ने र बारबेर गर्ने काम भइरहेको छ । पछिल्लो समय नगरपालिकाले सडकपेटीमा बिरुवा रोप्ने कामलाई अभिानन कै रुपमा अगाडि बढाएको काहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार कोहलपुर बजार क्षेत्रमा अहिले नयाँ र पुराना गरेर १३ हजार विरुवा रोलगाइएको छ । ती बिरुवा अहिले हुर्किरहेका छन् । २०७९ सालमा १ हजार ५ सय विरुवा रोपिएको थियो । त्यसैगरी २०८० मा ३ हजार ५ सय विरुवा रोपियो ।
२०८१ मा भने ८ हजार २ सय विरुवा रोपिएको उनले बताए । नगर विकास क्षेत्रमा ३ हजार, बजार क्षेत्रमा २ हजार विरुवा रोपिएको उनले बताए । त्यसैगरी सार्वजनिक स्थल, विद्यालय, वन क्षेत्र, पार्क तथा खुला मैदानमा ३ हजार विरुवा रोपिएको छ । ती सबै विरुवा हुर्किरहेका छन् । सदाबहारर हरियाली भइरहने हुनाले कोनोकार्पस, छतिवनलगायत जातका बिरुवालाई प्राथमिकतामा राखेर रोपिएको थापाले बताए ।
‘हामीले यतिबेला कोहलपुरलाई हरियाली सहरका रुपमा विकास गर्न लागि परेका छौं नगर प्रमुख थापाले भने–‘विस्तारै अन्यत्र पनि विस्तार गर्दै लगिने छ ।’ कोहलपुर बजारका मुख्य क्षेत्रहरु न्युरोड, साझा चोक, खुलामञ्च, एनटिभी रोड, कृषिचोक, हाइस्कुल, हरियाली मार्गलगायतका स्थानमा वृक्षारोपण पारिएको छ । त्यसैगरी नगरपालिका परिसर, नगर विकास समिति परिसर, गोलपार्क, खुलामैदान, वडा कार्यालयहरु, विभिन्न विद्यालय परिसरमा समेत विरुवा रोपिएको छ ।
नगरपालिकाले साझा चोकदेखि हाइस्कुलसम्मको मुख्य सडकमा ३ सय ७ वटा नयाँ विरुवा लगाएको छ । त्यसैगरी न्युरोड चोकदेखि साझासम्म २ सय ४९, एनिटिभीदेखि कृषि चोक साइडमा १ सय ७, हाइस्कुलदेखि रझेना जाने बाटोमा २६, चौराहदेखि धिताल पेट्रोेल पम्पसम्मको बीच एरियामा ९०, गुराँस क्याफेदेखि कृषि लाइनमा ४५ वटा नयाँ विरुवा लगाइएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी ठाउँठाउँमा विरुवा मरेका ठाउँमा पनि नयाँ विरुवा लगाइएको कामलाई तीब्रता दिइएको नगर प्रहरी प्रमुख थापाले बताए । बजार एरिया तीन ठाउँमा, न्युरोड एरियामा २४, ठाउँमा, नगर विकासभित्र ४ ठाउँमा, धिताल पेट्रोल पम्प अगाडि २ ठाउँमा हाइवे सडकमा ६ ठाउँमा, बजार पश्चिम लाइनमा ६ ठाउँमा पुराना बिरुवा मरेकाले नयाँ विरुवा रोपिएको हो ।
केही विरुवा डिभिजन वन कार्यालय बाँकले उपलब्ध गराए पनि धेरै जसो विरुवा नगरपालिकाले आफैले खरिद गरि लगाएको पनि उनले बताए । विरुवा रोप्ने कामका साथै त्यसको संरक्षणमा समेत ध्यान दिइएको नगर प्रहरी प्रमुख थापाले बताए । छाडा पशुचौपायाका कारण साना विवा हुर्काउन समस्या हुने गरेको उनको भनाइ छ । ‘त्यसैले हामीले नगर प्रहरी खटाएर निगरानी बढाएका छौं थापाले भने–‘कतिपय स्थानमा स्थानीयबासीले नै स्वस्र्फूत रुपमा यो कामको जिम्मा लिनु भएको छ यो एकदमै सकारात्मक काम हो ।’
नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा साना बोटविरुवामा ट्रिगार्डसमेत लगाउँदै आएको छ । ‘साना विरुवा हुर्काउन गाह्रो हुने भएकाले बारबेरमा ध्यान दिएका छौं उनले भने–‘साना विरुवा नै धेरै मर्ने भएकाले त्यसका ठाउँमा तत्काल नयाँ बिरुवा पनि लगाउने गरेका छौं ।’ नयाँ पिच हुँदै गरेका सडक किनारामा बिरुवा लगाउने कामलाई प्राथमिकता दिइएको उनले बताए ।
त्यसैले ती ठाउँहरुमा पिच गर्ने क्रममै बिरुवाका लागि भनेर सडकपेटी निश्चित दूरीमा खाल्डा छोडिएको थापाले बताउनुभयो । बिरुवाको तारबारमा निकै खर्च लाग्ने भएकाले नगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा तारबाार गर्दै आएको पनि थापाको भनाइ छ । त्यसका लागि व्यक्ति तथा संघसंस्थाहरुले नगरपालिकालाई सौजन्यमा ट्रिगार्ड उपलब्ध गराएको पनि उनले बताए ।
विभिन्न मितिमा विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्धत गराएको २ सय ६६ वटा ट्रिगार्ड नगरपालिकाले विरुवा संरक्षणका लागि लगाइसकेको पनि छ । नगरपालिकाको तथ्यांक अनुसार क्रिसा कोहलपुर, प्याब्न र एनप्याब्सन कोहलपुरले मिलेर सबैभन्दा बढी ५० वटा ट्रिगार्ड नगरपालिकालाई उपलब्ध गराएका छन् ।
त्यसपछि विभिन्न बैंक तथा वितीय संस्थाहरुले पनि ट्रिगार्ड उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई ट्रिगार्ड उपलब्ध गराउने संस्थाहरुमा कृषि विकास बैंक २० थान, सिद्धार्थ बैंक लिमिटेड कोहलपुर शाखा २० थान, एनएमबी बैंक लिमिटेड कोहलपुर शाखा २० थान रहेका छन् ।
त्यसैगरी बैजनाथ गाउँपालिका ८ स्थित सुनिल राइस मिलका धनबहादुर खत्रीले १७ थान, लक्ष्मी सनराइज बैंक १५ थान, मुक्तीनाथ विकास बैंक लिमिटेड १० थान, कृषि बजार व्यवस्थापन १० थान, साइन रेसुंगा डेभलमेन्ट बैंक १० थान ट्रिगार्ड नगरपालिकालाई सौजन्य प्रदान गरेका छन् ।
त्यसैगरी रिलायन्स फाइनान्स ८ थान, कालिका लधुवित्त वित्तीय संस्था लिमिटेड बानियाभार ८ थान, गुरँस क्याफे कोहलपुर ६ थान, छानविन बचत तथा ऋण सहकारी संस्था, बागेशवरी यातायात व्यवसायी प्रालि, ऊँ साइराम भलाइकोष एण्ड इन्भेस्टमेन्ट प्रालि, बागेश्वरी ड्राइभिङ इन्स्टिच्युट र बसोबास महिला ऋण तथा बचत सहकारी संस्थाले ५–५ थान ट्रिगार्ड नगरपालिकालाई प्रदान गरेका छन् ।
त्यसैगरी अन्य व्यक्ति तथा संघसंस्थाले पनि १, २, ३ र ४ का दरले ट्रिगार्ड उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । ‘आफ्नो नगर सफा र हरियाली राख्नु हामी सबैको दायित्व हो थापाले भने–‘यो अभियानमा हामीलाई नगरबासीको पूर्ण समर्थत र साथ प्राप्त भएको छ ।’ स्थानीयबासीको ब्यापक सहभागितामा यो अभियानले निरन्तरता पाइरहेको पनि उनले बताए ।
नगरपालिकाले रोपेको भएपनि आफ्नो घर अगाडि रोपिएको बिरुवाको कतिपय स्थानीयबासीले नै मलजल तथा संरक्षण गरिरहेको पनि उनको भनाइ छ । हरियाली प्रवर्धनलाई अभियानकै रुपमा अघि बढाउनका लागि नगरपालिकाले हुर्किसकेका विरुवाको फेदमा चौतारी चिन्ने कामको समेत सुरुवात गरिसकेको छ । यसले एकातिर नगरको शोभा बढाउने छ भने अर्कोतिर तराईको ठाउँमा गर्मीका बेला बटुवालाई एकछिन भएपनि सुस्ताउने ठाउँ मिल्नेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्