‘हाम्रो कोहलपुर राम्रो कोहलपुर’ को म्यूजिक भिडियो सार्वजनिक




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नगर युवा सञ्जालले ‘हाम्रो कोहलपुर राम्रो कोहलपुर’ म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर नगर युवा सञ्जालको समन्वयमा ‘हाम्रो कोहलपुर राम्रो कोहलपुर’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले यो भिडियोले सचेतनामूलक सन्देश दिएको भन्दै निकै खुसी व्यक्त गरे ।

यो भिडियोमा लागूऔषध, पर्यापयर्टन, शैक्षिक स्थिति, हरित नगर जस्ता कामको बारेमा सचेनामूलक सन्देश दिएको भन्दै आगामी दिनहरुमा समग्र नगरपालिकामा भएका राम्रा र नराम्रा कामको जस्ताको त्यस्तै भिडियो निर्माण गर्नका लागि उनले अनुरोध गरेका थिए ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले म्यूजिक भिडियो उद्घाटन कार्यक्रममा बोल्दै युवाहरुले नयाँ सोच र नयाँ योजनाका साथ जनप्रतिनिधिहरुले गरेका राम्रा कामको चर्चा गर्नुपर्ने र नराम्रा कामको समेत खवरदारी गर्नुपर्ने उनको भनाई थियो ।

कोहलपुर नगरपालिका र १५ वटै वडा कार्यालयहरुमा भएका वेतिथिहरुलाई निरुसाहित पार्नका लागि युवाहरु नै लाग्नुपर्ने उनको भनाई थियो ।

कोहलपुर नगर सञ्जालका अध्यक्ष रमेश वरले नगरपालिकाका १५ वटै वडामा यो भिडियो देखाउने बताए ।

भिडियो निर्माण गर्दा सहयोगको भूमिका खेल्नुहुने सबैमा कृतज्ञता व्यक्त गरेका थिए । म्यूजिक भिडियोमा शान्ति सुनार, दिपेन्द्र खड्का, बिनोद परियारको स्वर रहेको छ ।

कार्यक्रममा सामाजिक विकास समिति संयाेजक इश्वरी विश्वकर्मा, नगर खेलकुद विकास समिति संयाेजक चक्र क्षेत्री लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार