Kohalpur Today Header Ads

बैजनाथ गाउँपालिकाकाे नियमित गाउँ सभा [फोटो फिचर]




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी वर्षको निति तथा कार्यक्रम ल्याएको छ । बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमले नयाँ कार्यक्रमहरुसंगै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

LIfe Ok

यस्तै निति तथा कार्यक्रममा सिकलसेल एनेमिया रोकथामको लागि निःशुल्क शिविर, आकस्मिक दुर्घटना तथा बर्थिङ सेन्टरमा निःशुल्क एम्बुलेन्स सेवा, ६० वर्षमाथिका सबैलाई मासिक रुपमा स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य सेवा दिने, अति विपन्न ‘ख’ वर्गका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने लक्ष्य लिएको छ ।

वर्थिङ सेन्टरमा नियमित चेकजाँच गराई नवजात शिशु जन्मिएमा नवजात शिशुलाई २५ सय रुपैया दिइने, विद्यालयमा आयूर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लगायतका आगामी निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै बालबालिकाका गुनासा सुन्न ‘स्थानिय प्रमुख संग विद्यार्थी संवाद’, ८ वटै वडाका मावि र आविमा ‘एक वडा एक स्वास्थ्यकर्मी’, ‘पढ्दै कमाउँदै’, हप्ताको शुक्रबार ‘झोला रहित कक्षा’, ‘विद्यालय ल्याउने, टिकाउने र बिकाउने’, ‘१ वडा १ नमूना विद्यालय’ बनाउने जस्ता लोकप्रिय निति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै कृषकका लागि ‘एक किसान एक व्यवसायी खेती’, ‘एक वडा एक उत्पादन’, ‘२ वटा कृषि एम्बुलेन्स सञ्चालन’, ‘उत्पादनको आधारमा कृषकलाई प्रोत्साहान भत्ता’, ‘किसान कल सेन्टर,’ ‘एक गाउँ एक कृषि प्राविधिक,’ ‘एक वडा एक पकेट क्षेत्र’, ‘एक घर एक मौरिंगा अभियान सञ्चालन गर्ने निति तथा कार्यक्रममा समेटिएका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिबार