कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा अर्धवार्षिक परीक्षाका लागि एक दिने पश्नपत्र निर्माण कार्यशाला सकिएको छ । आइतबार बिहान १० देखि सुरु भएको कोहलपुरका ४ वटा विद्यालयमा ४ वटा सिकाई केन्द्रहरुमा प्रश्नपत्र निर्माण कार्यशाला सुरु भएको थियो ।

यस्तै अंग्रेजी विषयको राम माध्यमिक विद्यालय हवल्दारपुर, सामाजिक विषयको जनता माध्यमिक विद्यालय मैटहवा, नेपाली विषयको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवा, विज्ञान विषयको ज्ञान ज्योति माध्यमिक विद्यालय चप्परगौडि र गणित विषयको जनज्योति माध्यमिक विद्यालय कौशिलानगरमा कार्यशाला गरिएको नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै अंग्रेजी सिकाई केन्द्रमा टर्क बहादुर खत्री र विशाखर जैशी, सामाजिक सिकाई केन्द्रमा गिता ढकाल र केशव सिग्देल, नेपाली सिकाई केन्द्रमा श्रीभद्र सुवेदी र इन्द्रिरा अधिकारी, विज्ञान सिकाई केन्द्रमा विरेन्द्र कुमार थापा र बद्रि ढकाल र गणित सिकाई केन्द्रमा एन के दहाल र विनोद भट्टराई रहेका छन् ।
यस्तै प्रश्नपत्रमा बैधता, विश्वसनियता, पाठ्यक्रमको पाठ्याभार बारे सिकाई केन्द्रहरुमा शिक्षकहरुले प्रश्नपत्र निर्माण गर्नका लागि कार्यशाला गरिएको अंगेजी सिकाई केन्द्रका सह-संयोजक टर्क बहादुर खत्रीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्