Kohalpur Today Header Ads

माओवादी केन्द्रका बढैयाताल गाउँपालिकाका प्रमुख पदमा उम्मेदवार हिमालय त्रिपाठीको टीमलाई भोट किन ?




आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बढैयाताल गाउँपालिका मा प्रमुख, उप प्रमुख लगायतका ९ वटै वडाहरु मध्ये वडा नं १ नेकपा एकीकृत समाजवादीलाई दिएर अन्य वडाहरुमा एसले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति र वडा नं ८ मा कांग्रेसशीत वडा स्तरीय सहमति भएको अवस्थामा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् ।

नेकपा माओवादी केन्द्र बढैयाताल गाउँपालिका प्रमुखमा हिमालय त्रिपाठी, उप प्रमुखमा कमला गुरुङको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् ।
बढैयाताल गाउँपालिकाको प्रमुखमा उम्मेदवार दिएका त्रिपाठी राजनीतिमा मात्र नभएर समाजसेवामा समेत सक्रिय रहेका छन् ।

लामो समय देखि बर्दिया उद्योग बाणिज्य संघमा कृयाशिल रहेर काम गर्नुका साथै विभिन्न सहकारीहरु, लायन्स क्लब अफ बढैयातालका अध्यक्ष, सफल ब्यवसायी तथा उद्योगी त्रिपाठी स्थानीय जनताहरुको मन जितेका नेता हुन, कोभिड-१९ का बेलामा मन खोलेर स्थानियलाई खाद्यान्न वाड्ने देखि लिएर विभित्र प्रकोपमा सहयोग गर्ने तथा सहयोगी हातहरु खोजी समेत गरी स्थानिय तथा दु:ख परेको बेलामा सबैसंग सुख दु:ख साट्न त्रिपाठी बढैयाताल गाउँपालिका ले खोजेका नेता हुन् स्थानीय वडा नं ७ का स्थायी बासिन्दा सन्तोष रिजालले बताए ।

LIfe Ok

उहाँ जस्तो सहयोगी, सक्षम नेतृत्व कसैको रहेको छैन यसपालि उहाँ लगायतको टीमलाई जनताहरुले अत्यधिक मतले विजय बनाउनेछन् स्थानीय प्रेम थारुले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार