कोहलपुर ।
दुना, टपरी र बक्ति काट्ने लगायत अन्य घरायसी काममा प्रयोग हुने काम सिक्दै गरेका शिवशक्ति नमूना आधारभूत विद्यालयका बालबालिकाहरु निकै उत्साहित देखिन्छन् । हरेक शुक्रबारको दिन शिवशक्ति नमूना आधारभूत विद्यालयमा जगत र जिवन, कला र सिर्जनासंग जोड्न केही नयाँ र रचनात्मक काम हुन्छन् ।
शिवशक्ति विद्यालयले स्थानिय पाठ्यक्रमले निर्देशिष्ट गरेका विषयबस्तुहरुलाई मात्र प्रयोगात्मक रुपमा लिएको छ । कोहलपुरमा मात्र होइन सामाजिक विकास डिविजन कार्यालयबाट समेत सम्मान पाइसकेका उनी प्रअ हुन बद्रिनाथ सापकोटा । उनले नेतृत्व गरेको विद्यालय कोहलपुरको उत्कृष्ट विद्यालय बनाउन सफल भएका छन् ।

विद्यालयको बालमैत्री संरक्षण नीतिदेखि विद्यालय सुधार योजनासम्म निर्माण गरेका छन् । ‘यो मेरो लगनशिल, मेहनत र परिश्रमकोे फल हो,’ उनी भन्छन् । ‘कुनैपनि मानिसमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्दछ, जसको कारण काम गर्ने कार्यमा जोस र जाँगर आउने उनी बताउँछन् ।
‘ईच्छाशक्ति हुनु अनिवार्य छ,’ उनी भन्छन्, ‘यदि त्यो भावना नभएको खण्डमा कुनैपनि योजना लाई अगाडी बढाउन सकिदैन ।’ यसका लागि अहोरात्र खटिने खालको शिक्षक एवम् कर्मचारी भएमा मात्र आफुहरुमा पनि सहजता आउने उनको तर्क छ ।
विद्यालयले सानो कक्षादेखि नै विभिन्न फरक फरक शैक्षिक गतिविधिहरु सञ्चालन गरेको छ । कहिले तालिम, च्याउ खेती लगायत घरायसी कामहरुको प्रयोगात्मक गरी अध्ययन अध्यापन गरिन्छ ।
थोरै लगानीमा प्रयोगात्मक शिक्षा प्रदान गर्न सकिने, बालबालिका, शिक्षक र अभिभावकहरुको मिलन विन्दुुमा गएर गतिविधि सञ्चालन गर्ने, बालबालिकाको पाठ्यभारलाई प्रभाव नपर्ने गरी योजना बनाउने लगायत अन्य सामुदायिक विद्यालयका प्रअ ज्यूहरुलाई उनले अनुरोध गरेका छन् ।

बालविकास देखि कक्षा ८ सम्मका सम्पूर्ण शिक्षकहरुले आफूले जानेका विषयहरुलाई बालबालिकाहरुलाई किताबी ज्ञान मात्र होइन, प्रयोगात्मक रुपमा समेत अध्ययन गराउने गर्छन् ।
५ देखि ८ सम्मका बालबालिकाहरुलाई दुना, टपरी र बक्ति काट्ने लगायत अन्य घरायसी काममा प्रयोग हुने काम सिकाउने काम भएको छ ।

विद्यालयका विव्यस अध्यक्ष विरेन्द्र कुमार बस्नेतले समेत अभिभावक, शिक्षक र विद्यार्थी विचको सम्बन्ध बलियो बनाउने नयाँ र रचनात्मक काम गर्ने बताएका छन् । नयाँ नेतृत्वलाई यहाँको समाजले उर्जा थप्दै हरेक कामहरुमा सहयोग गरिरहेको विव्यस अध्यक्ष बस्नेतले बताए ।
याे पनि हेराैं
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्