
कोहलपुर । बाँकेमा रहेको मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस लगायत १० वटा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले दाँया हातमा कालोपट्टी बाधेर विरोध प्रर्दशन गरेका छन् ।
शुक्रबार पब्लिक क्याम्पसहरुलाई एमयूमा समायोजन गर्दा घटुवा गरी नियुक्ती गरेको विषयलाई लिएर १० वटा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले दाँया हातमा कालोपट्टी बाधेर विरोध प्रर्दशन गरेका हुन् ।
प्राध्यापक र कर्मचारीहरुले पाँच वर्ष पहिलेदेखि नै आफ्ना मागहरुलाई सम्बोधन गर्ने केन्द्रिय कार्यालयलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदा समेत माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भएको मप बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक संघका अध्यक्ष राज कुमार चन्दले बताए ।
चन्दले भने २०७५ सालमा पब्लिक क्याम्पसहरुलाई एमयूमा समायोजन गर्दा अस्थायीलाई करार, सह-प्रध्यापकलाई उप-प्रध्यापक, उप-प्रशासकलाई अधिकृत, अधिकृतलाई बरिष्ठ सहकायक र पाँचौ तहका कर्मचारीलाई चौथो तहमा घटुवा गरी नियुक्ती गरेको थियो ।
विभिन्न कारणहरु देखाउँदै हालसम्म पनि विगतका निर्णयहरु पूर्ण रुपमा कार्यान्वयन नगराउँदा आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध पर्दशन गर्नुपर्ने बाध्यात्मक परिस्थति एमयू केन्द्रिय कार्यालयले निम्त्याएको चन्दको भनाई थियो ।
यस्तै विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीले समायोजनका मुद्दा यथास्थितिमा रहेको, करार प्राध्यापकहरुको स्थायी पदपूर्ति नहुनु, आंशिक प्राध्यापकलाई १६/१७ वर्ष देखि पुर्णकालिन नबनाईनु, घटुवा र ज्यालादारी प्राध्यापक तथा कर्मचारीका प्रक्रिया तथा स्थायी प्राध्यापकहरुको बढुवा प्रक्रिया नभएपछि आन्दोलनको बाटो रोजेको उनको भनाई थियो ।
रेग्मीले आन्दोलनको कार्यक्रम अन्तर्गत श्रावण १६ गते १० वटै आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु केन्द्रीय कार्यालय उपस्थित भैइ पदाधिकारीलाई समेत ध्यानाकर्षण पत्र बुझाएको र सोही दिन डेढ घन्टा मुलगेटमा धर्ना कार्यक्रम गरेको बताए ।
यस्तै प्रगतिशिल प्राध्यापक संघ दैलेखकी अध्यक्ष मुना थापाले २०७५ सालमा बसेको विश्वविद्यालयको ८ औ सभाले एकपटकका लागि ६ महिनाभित्र विशेष आन्तरिक परिक्षाद्वारा स्थायी गर्ने नीति पास गरेपनी हालसम्म पनि कुनैपनि प्रक्रिया नबढाएपछि आन्दोलन गरेको बताइन् ।
प्राध्यापक तथा कर्मचाहरुले आफ्नो कलिलो र उर्जावान समय क्याम्पसमा बितिसकेको छ’ उनले भने, ‘प्राध्यापकले जस्तो शिक्षित व्यक्तिहरुले नेपालमा आफ्ना मागहरु आन्दोलन नगरी पुरा नहुने यो विडम्बना हो ।’ करिब ६ वर्षसम्म पनि विश्वविद्यालयको ८औं सभाले गरेको निर्णयलाई कार्यान्वयनमा नल्याउँदा प्राध्यापक तथा कर्मचारीहरु मारमा परेको थापाले बताइन् ।
बाँके, बर्दिया, रोल्पा, रुकुम, जाजरकोट, दैलेख, मुुगु, सुर्खेतका १० वटै क्याम्पसका प्राध्यापक र कर्मचारीहरुले आगामी साउन २८ गतेदेखि भदौ १ गतेसम्म पेन डाउन गर्ने, भदौ २ गतेबाट क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्तिकालिन तालाबन्दी गर्ने र भदौ ३ गतेबाट कक्षा बहिष्कार गर्ने र सम्पूर्ण कामकाज बन्द गर्ने र रिले अनुसनमा बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
विरोध प्रर्दशनका बारेमा कुनै जानकारी छैन : उपकुलपति स्वकिय सचिवालय
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिका प्रा.डा ध्रुव कुमार गौतमको सचिवालयबाट केन्द्रिय कार्यालयमा विरोध प्रर्दशनको विषयमा कुनै जानकारी नभएको बताएको छ ।
कोहलपुर टुडेले उपकुलपतिका प्रा.डा. ध्रुव कुमार गौतमको सचिवालयका उपप्राध्यापक खेमराज रावतसंग कुराकानी गर्दा १० वटा आंगिक क्याम्पसहरुमा चलिरहेको विरोध प्रर्दशनको विषयमा आधिकारीक जानकारी नभएको बताए ।
‘उहाँहरु आउँदा उपकुलपति र रजिष्ट्रार प्रा.डा काठमाण्डौं जानुभएको थियो’ रावतले भने, ‘प्रशासनमा बुझाउनुभएको रहेछ त्यो विषयमा केन्द्रय कार्यालयलाई कुनै जानकारी छैन् ।’ तर यता आन्दोरत प्राध्यापक र कर्मचारीहरुले भने श्रावण १४ गते क्याम्पस प्रमुख मार्फत विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम तथा रजिस्ट्रार प्रा.डा. शोभाखर कडेललाई ध्यानाकर्षण पत्र बुझाएको बताएका छन् ।
क्याम्पस प्रमुखमार्फत विश्वविद्यालयको केन्द्रिय कार्यालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा प्राध्यापक संघ एकाई समिति अध्यक्ष राजकुमार चन्द, कर्मचारी संघ एकाई समिति अध्यक्ष शिव प्रसाद रेग्मी, प्राध्यापक संघ विद्यापुरका सभापति डिल्लीराज भण्डारी, प्रगतिशिल प्राध्यापक संगठनकी दैलेखकी अध्यक्ष मुना थापा, बबई क्याम्पसका सचिव विकास न्यौपाने लगायत गुमी क्याम्पस का चक्रवति शाहको हस्ताक्षर गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्