नेपालमै पहिलो पटक कोहलपुरका अव्यवस्थित बसोबासीले पाए जग्गाधनी प्रमाण पूर्जा




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपालमै पहिलो पटक अव्यवस्थित बसोबासीले जग्गा धनी प्रमाण पूर्जा पाएका छन् ।

शनिबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी र भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष धननाथ खनालले संयुक्त रुपमा कोहलपुर नगरपालिका वडा नं. १ का ६८ जना अव्यवस्थित बसोबासीहरुले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका हुन् ।

७ सय ५३ पालिका मध्ये कोहलपुर नगरपालिकामा पहिलो पटक अव्यवस्थित बसोबासीहरुले जग्गा धनि प्रमाण पूर्जा पाएका हुन् ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष धननाथ खनालले अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी लालपूर्जा वितरण गर्नेमा कोहलपुर नगरपालिका नेपालमै पहिलो नगरपालिका बनेको प्रति हर्षित भएको बताए ।

‘बाँकेका ८ पालिकामा ७० हजार भन्दा लालपूर्जा वितरण गर्ने लक्ष्य लिएर अगाडी बढेका छौं’, उनले भने ‘लालपूर्जा वितरण अभियानमा सबै जनप्रतिनिधि, राजनितिक दल र सबै सरोकारवाला व्यक्तिहरुले सहयोग मागेको छु ।’ कोहलपुर नगरपालिकामा ६ नम्बर वडा बाहेक अन्य वडामा काम तिव्र रुपमा सुरु भएको छ असार भित्र कोहलपुरबासीलाई लालपूर्जा वितरण गर्ने योजना सहित लागेको खनालले बताए ।

खनालका अनुसार आयोगले अव्यवस्थित बसोबास भएका नागरिकलाई सरकारी जग्गाको मूल्यांकनको आधारमा ८ देखि २०० प्रतिशतसम्म पैसा लिएर लालपूर्जा दिन गरेको थियो त्यसलाई घटाएर अहिले दुई भागमा विभाजन गरी लालपूर्जा विरतण गरेकोे बताए ।

मुल्याकंनको कुल रकम मध्ये कृषि क्षेत्रका लागि ५ प्रतिशत र आवास क्षेत्रका लागि १० प्रतिशत शुल्क लिने गरेको छ जसमा ४ प्रकारले मुल्याकंन गरेको छ । जस्तै : हाईवे, पक्कि, ग्राभेल, कच्ची सडकका आधारमा मुल्याकंन गरेपछि कृषि र आभाव कुन हो सोही अनुसार राजस्व तिरेपछि मात्र लालपूर्जा वितरण गर्ने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष खनालले बताए ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका लालपूर्जा वितरण गर्ने अग्रपन्तीको पनि अग्र भागमा पुगेको बताए । नेपालका ७ सय ५३ पालिका मध्ये कोहलपुर नगरपालिका अव्यवस्थित जग्गाधनी प्रमाण पुर्जा दिने देशकै पहिलो पालिका भएको उनको भनाई थियो ।

लालपूर्जा वितरणमा कोहलपुर नगरपालिका सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र विषेशतः भूमि आयोग बाँकेका अध्यक्ष लगायत उहाँको टिम र कोहलपुर नापी कार्यालय र मालपोत कार्यालका प्रमुख तथा अन्य सबै पालिकाबासीहरुलाई नगर प्रमुख आचार्यले धन्यवाद व्यक्त गरे ।

कोहलपुर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले आफ्नो कार्यकालमा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाउँदा निकै खुसी भएको बताए ।

जनताको समस्याको बारेमा भूमि आयोगलाई समेत पत्रचार गरिसकेको र सो सम्बन्धमा केन्द्रिय भूमि आयोगमा समेत जानकारी गराइदिनुहुन भूमि आयोग बाँकेका अध्यक्ष खनाललाई आग्रह गरे ।

अव्यवस्थित बसोबासीहरुले पनि १० वर्षसम्म जग्गाको कारोबार गर्न नपाउने व्यवस्था भएकोले सो समस्या हटाउन पहल कदमी गर्न वडा अध्यक्ष जैसीले आग्रह गरे ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, कोहलपुर नगरपालिकाका १२ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा एमाले पार्टीका कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई, नेकपा माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष बल बहादुर खड्का, ५ का दिपेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका वडा नं. १ का वडा सदस्य कविराज पुन, गंग कामी, विन्दु कुमारी शाही, सितली दमाई लगायत उल्लेख्निय सहभागिता रहेको थियो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार