कोहलपुरबासीका वर्षौदेखिको माग सम्बोधन, ४ सरकारी कार्यालय र अपाङ्ग बाल अस्पताल सञ्चालनमा




कोहलपुर । संघीयता कार्यान्वयन पछिको दोस्रो स्थानीय तहको निर्वाचन २०७९ पश्चात कोहलपुरमा ४ सरकारी कार्यालय र अपाङ्ग बाल अस्पताल सञ्चालनमा आएका छन् ।

कोहलपुर नगरपालिकाको समन्वयमा सबै राजनितिक दलको सहमतिमा सरकारी जग्गा र भवन उपलब्ध गराउन सक्नु यो नै ठुलो सौभाग्य हो ।
कतिपय सरकारी कार्यालयहरु सरकारी जग्गा, भवन नभएकै कारण र अन्य राजनिति दलको खिचातानीले अन्यत्र सार्नुपरेको सास्ती कोहलपुरबासीले भोगेका छन् ।

यि सार्वजनिक चासोका विषयमा कोहलपुरका जनप्रतिनिधि, राजनिति दल निकै दमदार छन् जुन कोहलपुरको लक्ष्य पुरा गर्न कुनै स्वार्थ देख्दैनन् ।

यि सरकारी कार्यालयहरुले कोहलपुरलाई केन्द्रविन्दु बनाई रातीसोनारी, बैजनाथ, सुदुरपश्चिम र कर्णालीबासीलाई समेत सहज र सुलभ सेवा प्रदान गर्न कोहपलुर उत्कृष्ट मानिन्छ ।

बाँके जिल्लाको कोहलपुरका पछिल्लो केही वर्ष यता निकै उत्साहपूर्ण तवरले लगानी कर्ताहरुको लगानी बढाएको र अन्य भौतिक संरचनाहरु समेत निर्माण भएको प्रत्यक्ष देख्न सकिन्छ । नेपाल राष्ट्र बैंक देखि अन्य १७ वटा बैंकका शाखाहरु कोहलपुरमा छन् जुन यहाँको आर्थिक अवस्थालाई प्रत्यक्ष रुपमा सेवा दिइराखेका छन् ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालमा कोहलपुरमा सरकारी कार्यालय स्थापना गरी सञ्चालन गर्न पाउँदा सौभाग्य ठानेको बताएका छन् । कोहलपुरमा सरकारी कार्यालय सञ्चालनमा आउनु कोहलपुर नगरबासी र राजनीतिक दलको वर्षौंदेखिको माग सम्बोधन भएको उनी बताउँछन् ।

  • कोहलपुर नगरपालिकाले २०७९ चैत्र १८ गते नगर स्वास्थ्य प्रबद्धर्न केन्द्र र अपाङ्ग बाल अस्पताल उद्घाटन गरी सञ्चालनमा आएको थियो ।

  • नेपाल सरकारको मन्त्रिपरिषदबाट चैत १७ गते र २०८० भदौ १२ गतेको निर्णय भए बमोजिम कोहलपुरमा कार्तिक १ गतेबाट नापी र मालपोत कार्यालय सञ्चालनमा आएको थियो ।

  • परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरबाट असोज १८ गते आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

  • लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्को मंसिर १७ गतेको निर्णयबाट कोहलपुरमा यातायात कार्यालयको सेवा कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ ।

नगर स्वास्थ्य प्रबद्धर्न केन्द्र र अपाङ्ग बाल अस्पताल

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाले उद्घाटन गरी सञ्चालनमा आएको थियो । अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको छ ।

नापी तथा मालपोत कार्यालयको शाखा कोहलपुरमा

नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा उद्घाटन गरेकी थिइन् । दुईवटा कार्यालयको कार्यक्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ र राप्ती सोनारी गाउँपालिका रहेको छ ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले उद्घाटन गरी त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा सेवा सुरु गरेको छ । बीस कोठाको यो भवनबाट ३ प्रदेशका २ सय क्याम्पसलाई सहज सेवा दिइरहेको छ ।

यातायात कार्यालयको सेवा कार्यालय कोहलपुरमा विस्तार गर्ने निर्णय

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् स्तरीय कोहलपुर नगरपालिकामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका अन्य प्रदेश जिल्ला समेतका लागि पायक पर्ने स्थानमा रहेकोले यातायातको शाखा स्थापना गरी सेवा विस्तारका लागि कार्यालय सञ्चालनका लागि आवश्यक भवन कोहलपुुर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नगरपालिकाको २०८० माघ १५ गतेको कार्यापालिकाको निर्णय गरी पठाइएको थियो । हाल कोहलपुर नगरपालिका वडा नं.११ स्थित पुरानो बसपार्कमा रहेको टर्मिनल भवनहरु उपलब्ध गराइएको छ । सो सेवा कार्यालय स्थापनापछि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताव नवीकरण र पटके सेवा कोहलपुरबाटै प्रवाह हुनेछ ।

प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार