काठमाडौं ।
बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख ११ हजार ८ सयमा छापावल र एक लाख ११ हजार २५० रुपैयाँमा तेजाजी सुनको कारोबार भएको थियो । यस्तै, हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ८५ रुपैयाँमा भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार ६ गते बुधबार












प्रतिक्रिया दिनुहोस्