मुगु । मुगुको छायानाथ रारा नगरपालिकाको टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक बोकेको स्कोरपियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो गाडी आइतबार करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्