कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा प्रमथ जिल्ला स्तरीय खुल्ला कराते प्रतियोगिता सकिएको छ ।
बुधबार कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नंं. २ का अध्यक्ष हरि कठायतले समापन गरेका थिए ।
प्रतियोगिताका प्रशिक्षक राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य तथा रमेश डाँगी र राष्ट्रिय गोजुरियो कराते दो संघका प्रशिक्षक निम प्रसाद खनाल रहेका थिए ।
प्रतियोगितामा बाँके जिल्ला भरीका १ सय ८१ जना खेलाडिहरुको सहभागिता थिए । सो प्रतियोगिता बागेश्वरी डोजो प्रथम, कोहलपुर डोजो द्धितीय र चाँदनी डोजो तृतिय स्थान ल्याएका थिए ।
यस्तै बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका साँझा उम्मेदवार महेश्वराज गहतराज ‘अथक’ र प्रदेश सभा सदस्यका साँझा उम्मेदवार फुलाराम थारुले खुल्ला कराते प्रतियोगिताको लागि १० हजार रुपैया सहयोग गरेका थिए । प्रशिक्षक तथा उपस्थित अतिथिहरूलाइ मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्