Kohalpur Today Header Ads

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद फकुरुद्दिन खान रास्वपामा प्रवेश




बाँके । नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पूर्व सांसद फकुरुद्दिन खान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । खानले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आफूले देखेको राजनीतिक समानतालाई मुख्य कारणका रूपमा प्रस्तुत गर्दै रास्वपामा प्रवेश गरेको बताएका छन् ।

रास्वपामा प्रवेश गर्दै खानले “राष्ट्रिय स्वतन्त्र पार्टी पनि कांग्रेस पार्टी जस्तै भएकाले आफू रास्वपामा जोडिएको” बताएका छन्। लुम्बिनी प्रदेशसभामा रहँदा खान नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत थिए। उनी रुपन्देहीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

खानको रास्वपा प्रवेशसँगै रुपन्देहीमा पार्टीगत राजनीतिक समीकरण र आगामी राजनीतिक गतिविधिबारे चर्चा सुरु भएको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार