नेशनल प्याब्सन बाँकेद्धारा बारेकोटका भूकम्प पिडितलाई राहत वितरण

कोहलपुर ।

जाजरकोटको बारेकोटका भूकम्प प्रभावित नागरिकका लागि नेशनल प्याब्सन बाँकेले राहत सामग्री वितरण गरेको छ ।

६ लाख भन्दा बढि रकमको राहत नेशनल प्याब्सन बाँकेले भूकम्प प्रभावित नागरिकलाई शनिबार राहत वितरण गरेको हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष विर बहादुर गिरी र वडा अध्यक्षहरुको संयुक्त रुपमा राहत हस्तान्तरण गर्दै भूकम्प पिडितहरुलाई राहत उपलब्ध गराएको नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरले बताए ।

राहत वितरणमा नेशनल प्याब्सनका लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष किशोर राज मल्ल, सचिव वेगम चन्द, कोहलपुर नगरपालिकाका नगर अध्यक्ष विष्णु प्रसाद केसी रहेका थिए ।

बाँके जिल्लाका नेशनल प्याब्सनमा आवद्ध सम्पूर्ण सदस्यहरुले संकलन सहयोग संकलन गरी प्रिफर्म म्याट, बल्यांकेट, म्याट, त्रिपाल लगायतका सामग्री सहयोग जुटाएको नेशनल प्याब्सन बाँके जिल्ला अध्यक्ष किशोर राज मल्लले बताए ।