संचारकर्मी ठकुरीले दिए वडाध्यक्षमा उम्मेदवारी




काेहलपुर ।

सल्यानका संचारकर्मी जीवन सिह ठकुरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छ्न् ।

ठकुरीले वनगाड कुपेन्डे नगरपालिका वडा न ७ मा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए हुन् । लामो समय जन्म थलो सल्यान देखि संचारक्षेत्रमा सकृय रहेका ठकुरी पछिल्लो समय रेडियो प्रतिबोध एफएममा बाँकेमा कार्यरत थिए ।

ठकुरीले वडा न ७ को विकास र परिवर्तनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छ्न । उनको नेतृत्वमा माओवादी केन्द्रबाट वडा न ७ मा अन्य वडासदस्य हरु पुष्कर वि सी., बहादुर कुँवर, खुल्ला महिला सीता शाहु र दलित महिला सदस्य सिता परियारले उम्मेदवारी दर्ता गराएका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार