जनविश्वास बहुुमुुखी सहकारको २४ औँ वार्षिक साधारण (फोटो फिचर)




कोहलपुर, बाँके । जनविश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।

शनिबार जनविश्वास सहकारीका अध्यक्ष नरेन्द्र प्रसाद शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि प्रेम सुवेदीले उद्घाटन गर्दै २४औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको हो ।

सुवेदीले सहकारी संस्थाहरूले सदस्यको आर्थिक तथा सामाजिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । उनले सहकारीमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र सदस्यप्रतिको जवाफदेहिता अपरिहार्य रहेको उल्लेख गर्दै सहकारीप्रतिको विश्वास कायम राख्न सञ्चालक तथा व्यवस्थापन जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

उनले सहकारी संस्थाहरू नाफामुखी मात्रै नभई सदस्यको जीवनस्तर सुधार गर्ने माध्यम बन्नुपर्ने धारणा राख्दै सहकारीको मूल उद्देश्य र सिद्धान्तअनुसार अघि बढ्न आग्रह गरे ।

पछिल्लो चरणमा खरावी सहकारीका कारणले धेरै सदस्यहरुको विश्वास जित्नुपर्ने अवस्थालाई यस सहकारीले उच्च विश्वास दिएको प्रति आफूनिकै खुसी भएको बताए ।

यस्तै सभामा संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले सुशासन, नाफा नोक्सान, सहकारीको बजार, घरजग्गा, स्थायी सम्पती तथा कुल कारोबार, खराव ऋण र असुली पक्रियाका बारेमा शेयर सदस्यहरुलाई जानकारी दिएका थिए ।

सहकारीको कुल वित्तिय लक्ष्य २४ करोड ३ लाख ९८ हजार ४५ रुपैया रहेको छ भने सोही रकमलाई बृद्धि गरी कुल ३१ करोड ९ लाख ६० हजार २१२ पु¥याउने लक्ष्य राखेको अध्यक्ष शर्माले बताए ।

शर्माका अनुसार खराव ऋणका कारण सहकारीलाई समस्या हुन पुग्ने भन्दै तत्काल ऋण लिएका सदस्यहरुलाई मिनाह गर्न अनुरोध गर्दै धितो लिलाम र चेक बाउन्सको विषयमा कानूनी प्रक्रिया अगाडी बढाइएको बताए ।

यस्तै जनविश्वास सहकारीका लेखा समिति संयोजक नारायण प्रसाद थारुले २४ लाख ८ हजार ९२९ रुपैया आम्दानी गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए । आ.व. २०८२/०८३ मा १३ करोड ८० लाख ८१ हजार ३ ५९ रुपैया लगानी गरेको मध्ये २१ प्रतिशत खराब कर्जा रहेको लेखा संयोजक थारुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनका अनुसार घर कर्जा, व्यापार कर्जा, हायस पर्चेज कर्जा, कृषि कर्जा, बैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा, सामाजिक कर्जा र बिना धितो कर्जा दिने गरेको छ ।

संस्थाका सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा भएको साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका लागि प्रस्तावित योजना प्रस्तुत गरिएको थियो ।

सभामा संस्थाले पछिल्लो वर्ष हासिल गरेका उपलब्धि, आर्थिक अवस्था, शेयर सदस्यका लागि प्रदान गरिएका सेवा तथा संस्थाको भावी रणनीतिबारे छलफल गरिएको थियो । साथै सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने विषयमा जोड दिइएको थियो ।

यस्तै जनविश्वास सहकारीका संस्थाका प्रमुख कारीकार्य अधिकृत माधव पोखरेलले सहकारी संस्थाले स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार, बचत गर्ने बानीको विकास तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । संस्थाले आगामी दिनमा सदस्यलाई थप प्रभावकारी तथा गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बजारप्रतिनिधि देखि प्रमुख प्रशासकिय अधिकृतसम्मका कर्मचारी सम्मानित

जनविश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ता, असल ऋणी तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४औँ वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्तातर्फ विकास पौडेल, सागर बाग्ले र मणिराज जैसी सम्मानित भएका हुन् ।

त्यस्तै, असल ऋणी सम्मानअन्तर्गत हरिकला दमाई र कमला ओली सम्मानित गरिएको थियो भने ज्येष्ठ शेयर सदस्यका रूपमा शान्त बहादुर बुढालाई सम्मान गरिएको थियो ।

बजार प्रतिनिधि श्यामकली थारु, प्रमुख कार्यअधिकृत माधव प्रसाद पोखरेललाई सभा अध्यक्ष नम प्रसाद शर्माले सम्मान गरेका थिए ।

कार्यक्रममा बहुउद्देश्यीय जिल्ला सहकारी संघका अध्यक्ष भूपेन्द्र अधिकारी, राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख अजय रोकाया, जगतजंग बुढाथोकी, दुर्गा बहादुर डाँगीलगायत विभिन्न सहकारी संस्था तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार