काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले १२ बुँदे जनकपुरधाम घोषणापत्र सार्वजनिक गरेको छ । संघका अध्यक्ष सुदाम गौतमका अनुसार नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र जीवनोपयोगी बनाउने साझा संकल्प अघि सारिएको छ ।
‘विद्यालय सुधारौँ, शिक्षा बदलौँ र समृद्ध राष्ट्र निर्माणमा हातेमालो गरौँ । सबल नेतृत्व, सक्षम विद्यालय र गुणस्तरीय शिक्षा समुन्नत नेपालको आधार तय गरेका छौँ,’ उनले भने । मंसिर ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलन मा देशभरका करिब १,००० जना प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षाविद्, अभ्यासकर्ता तथा सरोकारवालाहरुको सहभागितामा विभिन्न विषयगत सत्र सञ्चालन गरिएको थियो ।
संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण र समग्र रूपान्तरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, तीन तहका सरकार, शैक्षिक संस्था र सम्पूर्ण सरोकारवालासँग समन्वय, सहकार्य र साझेदारी गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
१२ बुँदे घोषणपत्र
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्