Kohalpur Today Header Ads

काेहलपुरमा ट्याक्टरको ठक्करबाट बैजनाथका ४५ वर्षीय भिमबहादुर कामीको मृत्यु, रातभरको खोजीपछि ट्याक्टरसहित चालक पक्राउ




File Photo

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगरमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटोमा सवार बैजनाथ गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ७ बजे कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे १ ह ४०८० नम्बरको अटोलाई भे १ त ८७९४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अटोमा सवार बैजनाथ गाउँपालिका–२, पितमारी निवासी ४५ वर्षीय भिमबहादुर कामीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डम्बरपालले जानकारी दिए।

LIfe Ok

दुर्घटनापछि ट्याक्टर र चालक घटनास्थलबाट फरार भएका थिए। ट्याक्टर तथा चालकलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गर्दै स्थानीय तथा मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कोहलपुरअगाडि प्रदर्शन गर्दै राति करिब १० बजेसम्म दबाब दिएका थिए।

प्रहरीले रातभर खोजी कार्य तीव्र बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका–२० बाट दुर्घटनामा संलग्न भे १ त ८७९४ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको डीएसपी डम्बरपालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शुक्रबार