Kohalpur Today Header Ads

६ युवाको साहसिक सपना : ७० लाखको लगानीमा कोहलपुरमा खुल्यो ‘खेल अड्डा तथा चिया चौतारी’




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ (साँझा चोक नजिकै) मा ७० लाखको लगानीमा ‘खेल अड्डा तथा चिया चौतारी’ खुलेको छ । कोहलपुर ६ जना युवाहरुले नयाँ सोच, सामूहिक प्रयास र उद्यमशीलताको उदाहरण बनेको ‘खेल अड्डा तथा चिया चौतारी’ कोहलपुरमा सञ्चालनमा आएका हुन् ।

‘खेल अड्डा तथा चिया चौतारी’ का सञ्चालकका अनुसार खेलकुद, मनोरञ्जन र खानपानलाई एउटै छानामुनि जोड्ने उद्देश्यसहित स्थापना गरिएको यस केन्द्रमा फुटसल, आकर्षक क्याफे तथा क्रिकेट प्रशिक्षणको सुविधा समेत रहेको बताएका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनीहरुका अनुसार युवादेखि बालबालिका र खेलप्रेमीसम्मलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यो केन्द्रले कोहलपुरमा खेलकुद तथा मनोरञ्जनको नयाँ गन्तव्य हुने विश्वास लिएका छन् ।

सञ्चालकहरुमा अभय खड्का, राजु सुवेदी, विषेश उप्रेती, जिवन जिसी, सन्दिप खरेल र मनोज वली रहेका छन्।

खड्काका अनुसार पछिल्लो समय युवाहरू रोजगारीको खोजीमा विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ ६ जना युवाले संयुक्त लगानी गरेर यो व्यवसाय सुरु गरेको बताए ।

उनीहरूको सामूहिक प्रयासले स्थानीय स्तरमै उद्यमशीलता प्रवद्र्धन गर्न र खेलकुद गतिविधिलाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको सञ्चालक राजु सुवेदीको भनाई छ ।

फुटसल खेल्न चाहने खेलप्रेमी, क्रिकेट सिक्न इच्छुक नयाँ खेलाडी तथा फुर्सदको समय रमाइलोसँग बिताउन चाहनेहरूका लागि खेल अड्डा तथा चिया चौतारी उपयुक्त गन्तव्य बन्न सक्ने सञ्चालक सन्दिप खरेलले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते आइतबार