Kohalpur Today Header Ads

विपदमा बैजनाथकाे हिमालय विद्या निकेतनको बलियो साथ, बाढीपीडितलाई २ लाख बढी सहयोग




कोहलपुर । रसुवाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको लागि राहत तथा पुनस्र्थापनाका लागि बैजनाथ–५, जी गाउँस्थित हिमालय विद्या निकेतन माध्यमिक विद्यालयले २ लाख २ हजार २ सय २ आर्थिक सहयोग गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि NPABSAN Banke मार्फत हस्तान्तरण गरिएको हो ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

सहयोग रकममध्ये विद्यार्थीबाट रु. ३३ हजार ५ सय ४५, शिक्षक तथा कर्मचारीबाट रु. ६१ हजार ३ सय ८३ र विद्यालयको तर्फबाट रु. १ लाख ७ हजार २ सय ७४ रहेको छ ।

विद्यालय सञ्चालक श्याम कुवरले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयले विगतदेखि नै सहयोग गर्दै आएको बताए । बाढीबाट प्रभावित परिवारको लागि राहत तथा पुनस्र्थापनामा विद्यालय परिवारको सहयोगले थोरै भए पनि योगदान पुग्ने कुवरले बताए ।

शिक्षा किताब र कक्षाकोठामा मात्र सीमित हुँदैन—विपद्को पीडामा साथ दिन सक्ने संस्कार निर्माण गर्नु पनि शिक्षाकै महत्वपूर्ण पक्ष हो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार