Kohalpur Today Header Ads

काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक पक्राउ, शंकास्पद गतिविधि गरेको आरोप




काभ्रे । पाँचखाल नगरपालिका- ७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रिसोर्टमा उनीहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आज ३ बजे डीएसपी रवीन विष्ट र इन्स्पेक्टर मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गर्ने क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको छ ।

चेकजाँचका क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फेला परेको प्रहरीको भनाइ छ । घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते मंगलबार