Kohalpur Today Header Ads

सामान किनेको बिल माग्दा लाखौँ जित्ने मौका : यसरी बनौँ सहभागी




काठमाण्डौ । उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले एक लाखदेखि १० लाख रुपैयाँसम्मको चिट्ठा (लट्री) कार्यक्रम ल्याएको छ । जसअनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको उपहार पाउनेछन् ।

व्यावसायिक प्रयोजनले खरिद गरिएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, गाडी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने कार्यक्रममा सहभागी हुन पाइँदैन ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

एउटै बिजक (बिल) वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद एक पटकभन्दा बढी लट्री कार्यक्रममा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । आन्तरिक राजश्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै https://prize.ird.gov.np/ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार