Kohalpur Today Header Ads

कार्यालय उद्घाटनसँगै पार्टी सुधारको बहस : ‘अब भाषण होइन, व्यवहारमै सुधार चाहिन्छ’




कोहलपुर । पार्टी संगठनलाई समयसापेक्ष सुधार गर्दै थप सुदृढ र गतिशील बनाउनुपर्ने आवाज उठेको छ। वडा कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटका क्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको कार्यशैली, संगठनात्मक संरचना र नेतृत्वको भूमिकामा सुधार आवश्यक रहेको औँल्याउँदै रचनात्मक सुझाव दिएका छन्।

वडा सभापति ध्रुवराज बुढा क्षेत्रीको सभापतित्व तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी कार्यालय उद्घाटनसँगै डिजिटल परामर्श र पार्टी सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कार्यक्रममा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, नगर सभापति वीरेन्द्रकुमार शाह, जिल्ला सदस्य टंकप्रसाद काफ्ले, महाधिवेशन प्रतिनिधिहरू, वडा अध्यक्ष गौरा भट्टराई, क्षेत्रीय प्रतिनिधिहरू तथा वडा कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेल, नगर सभापति वीरेन्द्रकुमार शाह, महाधिवेशन प्रतिनिधि प्रकाश सिग्देल र वडा अध्यक्ष गौरा भट्टराईले मन्तव्य राखेका थिए। उनीहरूले पार्टीलाई थप प्रभावकारी बनाउन संगठनभित्र आपसी एकता, समन्वय र सुधारको आवश्यकता औँल्याएका थिए।

छलफलका क्रममा सहभागीहरूले पार्टीलाई परम्परागत कार्यशैलीबाट माथि उठाउँदै प्रविधिमैत्री, पारदर्शी र कार्यकर्तामुखी बनाउनुपर्ने सुझाव दिएका थिए। पार्टीको सुधार केवल नेतृत्वको भाषणमा सीमित नभई व्यवहार र कार्यशैलीमै देखिनुपर्नेमा समेत जोड दिइएको थियो।  कार्यक्रमको सञ्चालन वडा सचिव रामु केसीले गरेका थिए। पार्टीका अग्रज व्यक्तित्व हरु मायाराम भाट, नारायण थारु, विम बहादुर कुवर, चिरञ्जीवी लम्साल लाई सम्मान गरिएकाे थियाे ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार