प्रथम जिल्ला स्तरीय खुल्ला कराते प्रतियोगिता सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा प्रमथ जिल्ला स्तरीय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।

मंगलबार कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नंं. २ का अध्यक्ष हरि कठायतले उद्घाटन गर्दै प्रतियोगिताको सुरुवात भएको हो ।

उद्घाटन गर्दै कठायतले खेलकुदको क्षेत्रलाई विकासका लागि वडा नम्बर २ कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति राष्ट्रिय गोजुरियो कराते दो संघका प्रशिक्षक निम प्रसाद खनाल रहेका थिए भने कार्यक्रम सञ्चालन रमेश मिजारले गरेका थिए । प्रतियोगितामा बाँके जिल्ला भरीका १ सय ८१ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य तथा प्रशिक्षक रमेश डाँगीले तौल अनुसार कराते खेल खेलाइने बताए ।

छात्राहरुको लागि २० देखि ७० भन्दा माथि र छात्रहरुको लागि २० देखि ८५ माथि रहेको बताए । सो प्रतियोगिता ३० गतेसम्म चल्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार