Kohalpur Today Header Ads

‘मैले श्रमदान गर्ने निर्णय गरे’




स्कुल गएको थिए एक जना अभिभावकले खोज्दै हुनुहुँदो रहेछ यो स्कुलको सञ्चालक खोइ ?

म नजिकै थिए एक जना शिक्षकले मलाई देखाएर उहाँ हुनुहुन्छ भन्नुभयो । उहाँले मलाई एक साइडमा लगेर धेरै कुरा भन्नुभयो । उहाँको कुरा सुनेरमेरो मन छोयो । के तपाईं यम रावत प्याब्सन बाकेको अध्यक्ष होईन ? ‘मैले भने हु ।’ सर ! तपाई भन्दा सिनियर अरु थिएनन ।

मैले भने प्रशस्त हुनुहुन्छ, उहाँले त्यस मध्ये तपाईलाई नै किन अध्यक्ष बनाए ? ‘केही क्षमता भएर त होला नि ।’ ‘हो अध्यक्षको स्कुल पनि अध्यक्ष जस्तो नमूना स्कुल हुनुपर्छ कि पर्दैन ? नमूना स्कुल बन्नुपर्छ कि पर्दैन ? लगायत धेरै सुझाव दिनुभयो । मैले उहाँलाई मनमनै धन्यवाद भने ।

LIfe Ok

सुधार गर्दैछौ भने तर मेरो मन मा खुलदुली भयो । स्कुलका सबै पक्ष हेरे ठिकठाक नै लाग्यो एउटा कमि देखे । त्यो स्वयम् थिए । तत्काल मैले प्रतिवद्धता गरे । अब म दैनिक मेरो शेयर भाग बरावर समय स्कुललाई श्रम दान गर्ने निर्णय गरे ।

र आदरणीय अभिभावक जसले मलाई बिउझाइदिनुभयो नाम सार्बजनिक गरिन, आभारी छु । ‘बागेश्वरी एकेडेमीमा अब अनुशासन, संस्कार सहितको बच्चा बनाउनेछौ, दैनिक कतै न कतै स्कुल भित्र श्रम दानमा भेटिने छु त्यो तपाईं बच्चाको लागि ।’

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार