कोहलपुर। व्यवसायीलाई प्यान (PAN) नम्बर दर्ता प्रक्रियामा सहजता प्रदान गर्ने उद्देश्यले अब कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा सञ्चालन हुने भएको छ।
यसअघि आन्तरिक राजस्व कार्यालयबाट हुँदै आएको प्यान नम्बर दर्ता प्रक्रिया स्थानीय तहमै उपलब्ध गराउने व्यवस्थाअनुसार कोहलपुर उद्योग वाणिज्य संघ, आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र कोहलपुर नगरपालिकाबीच सम्झौता भएको छ।
तीनै संस्थाको संयुक्त उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको काेहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिए ।
नयाँ व्यवस्थाले प्यान दर्ताका लागि नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय व्यवसायीको समय र खर्च बचत हुने अपेक्षा गरिएको आचार्यले बताए ।
स्थानीय तहमै सेवा उपलब्ध हुन थालेपछि कोहलपुर क्षेत्रका व्यवसायीलाई प्यान दर्ता प्रक्रिया थप सहज र सरल हुने विश्वास लिइएको उपप्रमुख संगिता सुवेदीले बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्